Skip This
बससेवाले खोल्यो दसैँलाई टिकट बुकिङ, अनलाइनबाटै ७० भन्दा बढी जिल्लाको टिकट काट्न सकिने
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज १ बुधबार
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असोज १ बुधबार १४:४o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बससेवाले खोल्यो दसैँलाई टिकट बुकिङ, अनलाइनबाटै ७० भन्दा बढी जिल्लाको टिकट काट्न सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असोज १ बुधबार १४:४o:oo

बससेवाले दसैँका लागि टिकट बुकिङ खुलाएको छ। बससेवाको मोबाइल एप र बससेवा डटकममा गएर यात्रुहरूले नेपालका ७० भन्दा बढी जिल्लाका लागि मोबाइलबाटै बस र हवाईजहाजको टिकट सहजै काट्न सक्नेछन्।

​बससेवाले १५ भदौदेखि नै आंशिक टिकट बुकिङ खुलाएको बससेवाका प्रमुख कार्यकारी अधिकृत पीिआर खनालले बताए।

हवाई टिकटमा पाँच सयसम्म क्यास ब्याक
मोबाइल एप्लिकेसन बससेवा र बससेवा डटकमबाट हवाई टिकट काट्ने यात्रुले हरेक टिकटमा पाँच सय रुपैयाँसम्म क्यास ब्याक पाउनेछन्। बससेवाका सिइओ खनालका अनुसार क्यास ब्याकको अफर मंसिर महिनासम्म रहनेछ। 

पाँचजनालाई खसी उपहार
बससेवाले बससेवा मोबाइल एप्लिकेसन र बससेवा डटकमबाट बस तथा हवाईजहाजको टिकट काट्नेलाई खसी उपहारसमेत दिने भएको छ। अग्रिम टिकट बुकिङ गर्नेमध्ये पाँचजनालाई उपहारस्वरूप खसी दिने घोषणा कम्पनीले गरेको हो।

सयजनालाई निःशुल्क बस टिकट
बससेवामार्फत टिकट काट्ने यात्रुहरूलाई अन्य विभिन्न उपहारको समेत व्यवस्था गरिएको छ। यस अवधिमा टिकट काट्ने यात्रुहरूमध्ये एक सयजनालाई निःशुल्क टिकट, ५० जनालाई दुई हजार रुपैयाँबराबरको लुगा किनमेलको समेत व्यवस्था गरेको कम्पनीले जनाएको छ।