
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएका भूमिसम्बन्धी अध्यादेश जनताको हितमा नरहेको बताएका छन।
मधेश प्रदेश समन्वय परिषद कतार आयोजित होली मिलन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले तराई मधेसमा रहेका ऐलानी, पर्ती, गुठीका जमिनहरू सरकारमा रहेका पार्टीका कार्यकर्ताको कब्जामा जाने भएकाले यो अध्यादेश जनताको हितमा नरहेको बताएका हुन।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री समेत रहेका यादवले रङ्गहरुको पर्व होली तथा आउदै गरेको रमदानको शुभकामना व्यक्त गर्दै देशको शासन प्रणालीले दुईतिहाई जनताको अधिकारको उपेक्षा गर्दा विकास नभएको दाबी गरे ।
नेपालमा बनेका सरकारले शान्ति, स्थिरता र विकासमा समेत विभेद गर्ने गरेको बताउदै विभेदले विद्रोह पैदा गर्ने हुँदा मिथिला संस्कृति नेपालभन्दा आफैंमा पुरानो भएको जिकिर गरे ।