मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १० शनिबार
  • Saturday, 22 February, 2025
२o८१ फाल्गुण १० शनिबार २१:५६:oo
Read Time : < 1 मिनेट
अर्थ

लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीमा २० लाखभन्दा बढीको कारोबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १० शनिबार २१:५६:oo

नेपालगन्जमा सम्पन्न नवौँ लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीमा २० लाखभन्दा बढीको कारोबार भएको छ । महिलाहरूले उत्पादन गरेका वस्तु तथा उत्पादनको बजारीकरणको लागि महिला उद्यमी संघ (विन) बाँकेले ६–१० फागुनसम्म आयोजना गरेको प्रदर्शनी अघिल्ला वर्षभन्दा प्रभावकारी भएको प्रदर्शनी संयोजक रेवती सिंहले जानकारी दिइन् ।

महिला उद्यमी संघ बाँकेले हरेक वर्ष प्रदेशस्तरीय प्रदर्शनी आयोजना गर्दै आएको छ । यस वर्ष कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका महिलाले उत्पादन गरेका हस्तकला, खाद्यान्न, अचार, बुटिक, अल्लो र गाँजाबाट बनेका लत्ताकपडा, ब्याग, खुकुरी तथा कृषि कर्ममा प्रयोग हुने सामग्रीलगायतका ६० भन्दा बढी महिलाले आ–आफ्नो उत्पादन प्रदर्शनीमा राखेका थिए । ‘अघिल्ला वर्षभन्दा यस वर्षको प्रदर्शनीमा किनमेल र अवलोकन गर्नेको संख्या दोब्बर बढि थियो,’ उनले भनिन्, ‘किनमेल गर्ने र अवलोकनका लागि आउने बढ्दा आयोजकलाई थप हौसला मिलेको छ ।’ 

स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धन गर्न प्रदर्शनीले टेवा दिएको महिला उद्यमी संघ बाँके अध्यक्ष सावित्रा बस्नेतले बताइन् । 

उनले प्रदर्शनीले उद्यमी महिलामा नयाँ उत्साह जगाएको बताइन् । ‘हामी निकै उत्साहित भएका छौँ । प्रदर्शनीमा धेरै दिदीबहिनीले आफ्नो उत्पादन बिक्री गर्नु भएको छ नै प्रचार प्रसार पनि गर्नुभएको छ,’ अध्यक्ष बस्नेतले भनिन्, ‘प्रदर्शनीबाट धेरै कुरा सिक्ने अवसर मिलेको छ । अहिलेको अनुभवबाट आगामी दिनमा अझ प्रभावकारी बनाउने योजनासहित अगाडि बढ्ने हिम्मत बढेको छ।’