मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १० शनिबार
  • Saturday, 22 February, 2025
२o८१ फाल्गुण १० शनिबार २o:५३:oo
Read Time : < 1 मिनेट
समाचार

टिपर दुर्घटनामा एकको मृत्यु, तीनजना घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १० शनिबार २o:५३:oo

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–३ हर्वलेचोकमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो साढे ४ बजेतिर चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो। 

पाल्पाबाट चुनढुङगा बोकेर नवलपुरको विनयी त्रिवेणी–१ होङसी कम्पनीतर्फ आउँदै गरेको ना१क ९१२९ नम्बरको टिपर चालकले नियन्त्रण गुमाई पल्टन गएको प्रहरी उपरीक्षक यादव ढकालले बताए । टिपरले च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको छ। उनको साथबाट प्रहरीले मकवानपुर बागमती गाउँपालिका–६ फापरवासी निवासी ३२ वर्षीय नरबहादुर वाईबाको नाममा रहेको सवारीचालक अनुमतिपत्र फेला पारेको जनाएको छ। 

यसैगरी दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका–३ निवासी २४ वर्षीय सुनिल सार्की, २३ वर्षीय दिपक सुनार र पर्सा विरगंज उपमहानगरपालिका–२७ निवासी ३० वर्षीय ताज महमद हावारी घाइते भएका छन्। 

घाइतेहरूलाई उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा तर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ । प्रहरी घटना स्थलबाट फर्किनसकेकोले दुर्घटनाको कारण र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक यादव ढकालले बताए।