मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १० शनिबार
  • Saturday, 22 February, 2025
२o८१ फाल्गुण १० शनिबार २१:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

‘नो केवलकार समूह’ र प्रहरीबिच फुङलिङको विरेन्द्र चोकमा झडप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १० शनिबार २१:१९:oo

‘नो केवलकार समूह र प्रहरीबिच शनिबार साँझ झडप भएको छ । पाथीभराबाट फर्किएका ‘नो केवलकार समूह र प्रहरीबिच झडप भएको हो । पाथीभराबाट फर्किएपछि ताप्लेजुङको फुङलिङ बाजारमा र्यालीमा रहेका ‘नो केवलकार समूह’का सहभागीले वीरेन्द्रचोकमा राके जुलुस तथा नाराबासी गरेका थिए ।

उनीहरूले चोकमा आगो बालेर सबैतिर छर्न थालेपछि प्रहरीले आगो निभाउन पानी लिएर आएका थिए । आगोमा पानी हाल्न लाग्दा प्रहरीमाथि आक्रमण गरेपछि झडप भएको हो । पराजुलीचोकदेखि सुरु भएको र्याली फुङलिङ बजारको तोक्मेमा पुगेर वीरेन्द्रचोक पुगेपछि आगो सल्काएका थिए । 

उता, पाथिभराबाट फर्किएका राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोलाई शनिवार एक समूहले कालो झण्डा देखाएका थिए । पाथीभरा(मुक्कुमलुङ)को पदयात्राका लागि ताप्लेजुङ आएका महतोलाई विकास विरोधी भन्दै कालो झण्डा देखाएका हुन् । 

शान्तिपूर्ण पदयात्राको नाममा झडप र मुठभेटसम्मका गराउन उक्साउने व्यक्ति तथा विकास विरोधी भन्दै महतोलाई कालोझण्डा देखाएर विरोध जनाएका हुन् । महतो ‘विकास विरोधी’ भएको आरोप लगाउदै पक्षधर महतोलाई कालो झण्डा देखाएका हुन् । ‘नो केबलकार पक्ष’ले केबलकार निर्माणमा अवरोध गर्दै निरन्तर आन्दोलनका कार्यक्रम गरिरहेका छन् । सो समहले ६ देखि ८ फागुनसम्म पाथीभरा क्षेत्रमा पदयात्रा आयोजना गरेको र महतो गत ८ फागुनमा उक्त पदयात्रामा सहभागी भएका र उनी उतै रहेका छन् ।