मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ९ शुक्रबार
  • Saturday, 22 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण ९ शुक्रबार १३:४२:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

माग्नेबुढा र चन्द्रमुखी बने अस्ट्रेलियाको फिन कनेक्स फाइनान्सियलको ब्रान्ड एम्बेस्डर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण ९ शुक्रबार १३:४२:oo

चर्चित हास्य कलाकार केदारप्रसाद घिमिरे माग्नेबुढा) र सीतादेवी तिमल्सेना  (चन्द्रमुखी ) अस्ट्रेलियाको फिन कनेक्स फाइनान्सियलको ब्रान्ड एम्बेस्डरको रूपमा नियुक्त भएका छन् । कम्पनीले माग्नेबुढा र चन्द्रमुखीलाई बुधबार आफ्नो कम्पनीको ब्रान्ड एम्बेस्डरको रूपमा नियुक्त गरेको हो । 

६ वर्षदेखि अस्ट्रेलियामा सेवा प्रदान गर्दै आइरहेको फिन कनेक्सका प्रमुख विष्णुप्रसाद अर्यालले आफ्नो कम्पनी चर्चित कलाकारसँग जोडिन पाएकोमा खुसी व्यक्त गरेका छन् । होम लोन, बिजनेस लोन, कमर्सियल लोन, इन्भेटमेन्ट लोन, एसएमएसएफ लोन र डेभलपमेन्टलगायतका लोनसम्बन्धी विभिन्न सेवा दिँदै आइरहेको फिन कनेक्स फाइनान्सियलकाे केन्द्रीय कार्यालय अस्ट्रेलियाको सिड्नीमा रहेको छ भने यसले अस्ट्रेलियाको मेलबर्न, एडिलेट र ब्रिसबनलगायतका सहरहरूबाट लोनसम्बन्धी काम गर्दै आइरहेको छ ।

नेपाली समुदायबिच फिन कनेक्स विश्वासिलो र भरपर्दो संस्थाको रूपमा स्थापित छ । यो संस्था अस्ट्रेलियाका ४० भन्दा बढी बैंकहरूसँग आबद्ध छ । अस्ट्रेलियामा पिआर हात पर्नासाथ घर किन्ने धेरैको सपनालाई फिन कनेक्सले पूरा गर्दै आइरहेको छ । पछिल्लो पाँच वर्षको अवधिमा यो कम्पनीले पाँच सयभन्दा बढीलाई घर किन्नका लागि साथ दिइसकेको छ ।

अस्ट्रेलियामा नेपाली समुदाय बाक्लिँदै गएको अवस्थामा आफूहरू नेपालीहरूकै सस्थासँग जोडिन पाएकोमा कलाकार केदार घिमिरे र सीतादेवीले प्रसन्नता व्यक्त गर्दै भने, ‘फिन कनेक्ससँगै अस्ट्रेलिया रहनुहुने नेपालीहरूसँग जोडिन पाएकोमा हामी खुसी छौँ ।’

‘अस्ट्रेलियामा रहनुहुने नेपालीहरूलाई साथ र हात दिँदै आएको कम्पनीको हामी प्रगति र उन्नतिको कामना गर्दछौँ,’ कलाकारदम्पतीको भनाइ छ । कलाकारदम्पतीले अब कम्पनीको प्रचार-प्रसारमा साथ दिनेछन् भने चाँडै अस्ट्रेलियामा कम्पनीले आयोजना गर्ने कार्यक्रममा पनि सहभागिता जनाउने भएका छन् ।