मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १० शनिबार
  • Saturday, 22 February, 2025
२o८१ फाल्गुण १० शनिबार o६:२६:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १० शनिबार o६:२६:oo

सामूहिक बलात्कारपछि शंकास्पद मृत्यु भएकी सिराहाकी रिंकुकुमारी सदाय र भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत रूपन्देहीकी प्रकृति लम्सालको अस्वाभाविक मृत्यु घटनामा न्याय माग्दै विद्यार्थीले प्रदर्शन गरेका छन् । सिराहाको गोलबजारस्थित रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले शुक्रबार ‘रिंकु र प्रकृतिलाई न्याय दे’, ‘घटनामा संलग्न अपराधीलाई कारबाही गर’लगायतका नारासहित बजार क्षेत्र परिक्रमा गरेका छन् ।

प्रदर्शनमा सहभागी विद्यार्थीले दुवै घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीका लागि दबाब दिन खोजिएको बताए । रिंकुले २७ माघको राति आफूलाई घरबाटै अपहरण गरेर सामूहिक बलात्कार गरिएको जानकारी गराउँदासमेत पञ्चायतीले आर्थिक लेनदेनमा घटना सामसुम पार्ने निर्णय गरेको थियो । ३० माघको साँझ उनी घरमै मृत भेटिइन् । त्यसैबिच, मधेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री राजकुमार लेखीले शुक्रबार पत्रकार सम्मेलन गर्दै रिंकु सदायको मृत्यु प्रकरणसँग जोडिएका आरोपी छिट्टै पक्राउ पर्ने दाबी गरेका छन् ।

यसैबिच, दलित समुदायमाथि भइरहेको हिंसा, बलात्कार र अन्तरजातीय विवाह गर्ने जोडीमाथि राज्यसंयन्त्रकै संलग्नतामा भइरहेको दमन गर्नेहरूमाथि कडा कारबाही गर्न सरोकारवालाले माग गरेका छन् ।