
आजदेखि स्वयम्भू महोत्सव सुरु भएको छ। स्थानीय पहिचान र सम्भावना प्रवर्द्धनका लागि काठमाडौं महानगरपालिकाअन्तर्गत वडा नं १५ को आयोजनामा एकहप्ते स्वयम्भू महोत्सव सुरु भएको हो।
महोत्सवको उद्घाटन काठमाडौंका मेयर बालेन्द्र साहले गरेका छन्। काठमाडौं महानगरपालिकाअन्तर्गत वडा नं १५ ले आफ्नो क्षेत्रमा रहेको प्राकृतिक सुन्दरता, मानव निर्मित धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचना, रीतिथिति र परम्परा, मठ मन्दिर, चैत्य, गुम्बा, सत्तल, बिहारसहितका प्राचीन स्मारक प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरेको हो।
तस्बिरमा हेर्नुहोस् :