
कुमारीगालस्थित मोक्षदा स्कुलले प्रोग्रेसिभ एजुकेसनल फोरम (पिइएफ)द्वारा वर्षभरि आयोजित अतिरिक्त क्रियाकलापमा प्रथम स्थान हासिल गरेको छ। शुक्रबार निमोनिक मोडर्न एकेडेमीद्वारा आयोजित ‘जुनियर स्पेल बी’ प्रतियोगितामा प्रथम स्थान हासिल गरी मोक्षदाले सो सफलता हात पारेको हो।
कुल १० विद्यालयको समूह पिइएफका तर्फबाट शुक्रबार आयोजित ‘जुनियर स्पेल बी’ प्रतियोगितामा मोक्षदा, रुद्रमती, दुर्गा भवानी र लुम्बिनी–ज्ञानदीपले क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान हासिल गरेका थिए।
त्यसैगरी, वर्षभरिका इसिए-सिसिएमा मोक्षदा, रुद्रमती, निमोनिक मोर्डन र अनमोल ज्योति स्कुल क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान हासिल गर्न सफल भएका थिए।
शुक्रबार आयोजित कार्यक्रममा पिइएफकी अध्यक्ष तथा साहित्यकार सीता भट्टराईलगायत १० वटै विद्यालयका प्रिन्सिपल तथा शिक्षक–शिक्षिकाको उपस्थितिमा विजयी विद्यालय तथा अन्य सहभागी विद्यालयहरूलाई ट्रफी वितरण गरिएको थियो।