मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १० शनिबार
  • Saturday, 22 February, 2025
२o८१ फाल्गुण १० शनिबार १७:४२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारीको टिम विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १० शनिबार १७:४२:oo

बर्दियामा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारीकोे टिम विजयी भएको छ। राष्ट्रिय युवा संघको आयोजनामा भएको फुटबल प्रतियोगितामा कर्मचारीको टिम भएको हो। 

काठमाडौंमा फागुन ११ गते उद्घाटन हुन गरिरहेको केपी ओली फुटबल कपको तेस्रो संस्करणको प्रचारप्रचार गर्ने उद्देश्यले राष्ट्रिय युवा संघले राजनीतिक दलका नेता तथा  कर्मचारीका बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरेको युवा संघ बर्दियाका अध्यक्ष सञ्जय सापकोटाले बताए।  

शनिबार बिहान बाँसगढी नगरपालिका – ४ मा रहेको लक्ष्मणपुरमा भएको मैत्रीपूर्ण खेल कर्मचारी टिमका तर्फबाट देवराज गिरी तथा शेरबहादुर खड्काले एक-एक गोल गरेको थिए र भने दलका तर्फबाट करण थारूले एक गोल गरेका थिए। दुई गोल गरेसँगै कर्मचारीको टिम विजय भएको थियो। मैत्रीपूर्ण खेलमा विजेता भएको कर्मचारीको टिमलाई टीका लगाएर प्रमाण-पत्रसमेत प्रदान गरिएको अध्यक्ष सापकोटाले बताए।  

फुटबल प्रतियोगितामा नेकपा एमालेका केन्द्रीय सदस्य एवं बाँसगढी नगरपालिकाका नगरप्रमुख खड्कबहादुर खड्का, नेकपा एमाले बर्दियाका अध्यक्ष सालिकराम अधिकारीलगायत नेताहरूको सहभागिता रहेको थियो।