![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/rasifal2024-12-14-07-26-512024-12-28-06-07-04.gif)
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको माघ २६ गते शनिबारदेखि फागुन २ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : साताको प्रारम्भमा साथीभाइहरूको साथ र सहयोग पूर्ण रूपमा पाइनेछ । रमाइलो यात्राको योग रहेको छ । सेयर कारोबारमा लगानी गर्दा पछि फाइदा मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आर्थिक र व्यावसायिक समस्या समाधान हुनेछन् । आम्दानी बढ्नाले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ । साताको अन्त्यमा महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी पनि अपनाउनुपर्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : मिहिनेतीहरूका लागि साता फलदायी रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दामामिलामा विजयी भइनेछ । मित्रजनबाट साथ सहयोग मिल्ने देखिन्छ मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । सप्ताहान्तमा सहयोगी जुट्नेछन् र काम सफल हुनेछ । अर्थलाभ हुनाले दैनिकीमा परिवर्तन आउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : साताको प्रारम्भमा भ्रमण, खानपान पहिरन तथा फेसनमा धन खर्च हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ, आफन्तको गतिलो समर्थन मिल्नेछ । घरायसी सुखको अनुभूति हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइनेछ । सप्ताहान्तमा भाग्यले साथ दिनेछ । सहयोगी जुट्नाले नाम, दाम र इनाम हात पार्न सफल भइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : साताको प्रारम्भमा शत्रु किनारा लाग्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत पनि बढ्नेछ महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ । साताको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ । सोचेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । सप्ताहान्तमा कामको सन्दर्भमा रमाइलो यात्रा र अतिरिक्त आम्दानी हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : विभिन्न अवसरले पछ्याउनेछन् । नजिकको मित्रसँग भेटघाट हुनेछ । पठनपाठनमा प्रगति हुनेछ, तर साताको उत्तराद्र्धमा धन खर्च हुनेछ । व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । लगनशीलतले नाम, दाम र इनाम दिलाउन सक्छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिने सम्भावना छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : साताको प्रारम्भमा चुनौती चिर्दै काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान प्राप्तिको योग रहेको छ । अरूलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार–व्यवसायमा लाभ मिल्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । पारिवारिक भेटघाटको समय छ । प्रतिस्पर्धीसमेत सहयोगीका रूपमा देखापर्नेछन् । साताको अन्त्यमा विभिन्न भौतिक साधन जुट्नेछन् । वैदेशिक यात्रामा सफलता मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : साताको प्रारम्भमा अनावश्यक झमेलामा फस्न सकिने समय रहेको छ । चुनौतीको सामना गर्दै अगाडि बढ्नुपर्ने ग्रहयोगले संकेत गरेको छ । बुधबारदेखि प्रयत्न गरे फाइदा पनि लिन सकिनेछ । टाढिएका साथीभाइ नजिकिनेछन् । भाग्यको साथ पूर्ण रूपमा मिल्नेछ । सप्ताहान्तमा विद्यार्थीका लागि सुखद समाचार आउनेछ । विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ सफल यात्राको योग पनि छ । प्रशंसकले साथ दिनेछन् । बिहीबारदेखि अलि जोखिमपूर्ण जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्ला । वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्र लक्ष्यमा पुग्न सकिनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : साताको प्रारम्भमा मनमा हर्ष, उमंग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । बिहीबार लेनदेन र हिसाब–किताबमा सावधान नहुँदा बिचमा केही विवाद हुन सक्छ । स्थान परिवर्तन हुने सम्भावना रहिरहनेछ । सप्ताहान्तमा स्थिति अनुकूल हुनाले लक्ष्यमा पुगिनेछ । नयाँ कार्यको थालनी हुने योग रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : साताको प्रारम्भबाटै शुभ समाचार सुन्न पाइनेछ । नयाँ कार्यको थालनी हुन सक्ने ग्रहयोगले संकेत गरेको छ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । आम्दानी पनि प्रशस्तै बढ्न सक्छ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन् । सप्ताहान्तमा स्वास्थ्यमा मौसमी गडबडी देखापर्न सक्छ । सोखले खर्च गराए पनि उद्देश्य पूरा नहुन सक्छ । झैझगडाबाट टाढै बस्दा उत्तम हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : साताको प्रारम्भमा योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैँ पछि परिनेछ । राजनीतिक कार्यमा बाधा आउनेछ । सम्पत्ति हराउने र खर्च बढ्न सक्छ । बुधबारदेखि नयाँ ज्ञान प्राप्त हुने योग छ । सप्ताहान्तमा आगन्तुकले अलमल्याउने हुँदा चिताएको काममा पनि बाधा पुग्न सक्छ । धन खर्च हुने योग देखिएको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रशस्त धनआर्जन गर्ने अवसर पाउनुहुनेछ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । अवसरका लागि चुनौतीसँग लड्नुपर्ने देखिन्छ । बिहीबारदेखि श्रम र व्यवसायबाट मनग्ये आम्दानी हुनेछ । तर, सप्ताहान्तमा व्यावसायिक यात्राको योग रहेको छ ।