मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २५ शुक्रबार
  • Friday, 07 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २५ शुक्रबार १४:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

गृहमन्त्री र प्रहरी महानिरीक्षकमाथि छानबिन गर्न सांसद प्रकाश ज्वालाको माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २५ शुक्रबार १४:१८:oo

सांसद प्रकाश ज्वालाले गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरमाथि छानबिनको माग गरेका छन्। अन्तरजातीय विवाह गरेको जोडीलाई उनीहरूले मुम्बईमा गएर पक्राउ गरी ल्याएर यातना दिन लगाएको भन्दै उनले छानबिन गरी कारबाहीको माग गरेका हुन् । 

शुक्रबार संसद् बैठकमा बोल्दै उनले भने, ‘सर्लाही बरहथवाका सत्येन्द्र राम र नेहा रौनियारको विवाहलाई सर्वाेच्च अदालतले वैधता दिएको छ । सर्वाेच्च अदालतप्रति आभार व्यक्त गर्न चाहन्छु । नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भएको छ। तर, उक्त दम्पतीलाई मुम्बईबाट समेत पक्राउ गरेर ल्याएर यातना दिनका लागि निर्देशन दिने गृहमन्त्री र आइजिपीलगायतलाई छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस् भन्ने माग गर्दछु ।’ 

अन्य सांसदहरूले पनि सो घटनाको छानबिनको माग गरेका छन्।