![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/AAGO2025-02-08-09-22-35.png)
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीमा मन्त्री प्रदीप यादवको कार्यकक्ष जलेर पूरै नष्ट भएको छ। मन्त्रालयको तेस्रो तलामा रहेको उनको कार्यकक्षमा शनिबार बिहान आगो लागेको थियो।आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार बिद्युतीय सर्ट भएर आगो लागेको अनुमान गरिएको छ। मन्त्रीका सचिवालयका कर्मचारीले विगतमा पनि कार्यकक्षमा तारहरु जलेर गनाउने गरेको बताएका छन्।
सिसिक्योराको सहयोगमा प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। प्रहरी वृत्त, अनामनगरले क्षतिको विवरण संकलन गरी मुचुल्का बनाइरहेको छ।