मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २६ शनिबार
  • Saturday, 08 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २६ शनिबार १२:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालका संहिताशास्त्री बास्तोलालाई महाकुम्भ विश्वशान्ति पुरस्कार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २६ शनिबार १२:३३:oo

नेपालका विख्यात् संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलालाई भारतको स्वराज आश्रम तथा पिल्ग्रिम्स पब्लिसिङ्ले उत्तरप्रदेशको महाकुम्भ मेलास्थल प्रयागराजमा ‘कुम्भ विश्वशान्ति पुरस्कार’बाट सम्मान गर्ने भएको छ।

गर्गाचार्य संहिताशास्त्री बास्तोलालाई आइतवार कुम्भमेला प्रयागराजमा आयोजना हुने विशेष समारोहमा धर्मगुरु हरि चैतन्य श्री महाराजले सम्मान गर्न लागेका हुन्। भक्तपुर चाँगुनारायणका स्थायी बासिन्दा रहेका बास्तोला देवचुली नवलपुरस्थित पशुपति साङ्गबेद विद्याश्रम गुरुकुलका संस्थापक तथा पशुपति क्षेत्र विकास कोषका पूर्व बोर्ड सदस्य हुन्।

स्वराज आश्रमका संस्थापक सनातनी रामानन्दद्वारा जारी विज्ञप्तिमा बास्तोलालाई सम्मानित गर्न लागिएको उल्लेख छ। संहिताशास्त्री बास्तोला महाकुम्भ मेलाको साइत निकाल्ने टोलीमासमेत थिए। उनको सम्मानमा कुम्भ मेला आयोजक समितिले प्रयागराज संगमछेउको भिआइपि स्थान मानिने सेक्टर २४ मा नेपालको झण्डा फर्फराउने गरी कुटी राख्ने स्थान पाएका छन्। जहाँ दैनिकरुपमा कम्तिमा दुईसय जनालाई निशुल्क खाने बस्ने व्यवस्था छ।

ब्राह्मण अन्तर्राष्ट्रिय सङ्गठन ट्रष्टका संरक्षक समेत रहेका संहिताशास्त्री बास्तोलाले  प्रयागराजमा रहेर नेपाली तीर्थालुहरुलाई सहयोग गरिरहेका छन्। ‘मलाई सम्मानित संस्थाले गर्न लागेको सम्मानलाई नेपालीहरुप्रतिको सम्मान भएको ठानेको छु,’ बास्तोलाले प्रयागराजबाट टेलिफोनमा भने। उनका लागि कुम्भमेला समितिले बनाइदिएको आवास क्षेत्रमा विशेष स्नानको समयमा नेपालीमात्र नभएर हिमाञ्चल प्रदेश, पश्चिम बंगाल, उत्तराखण्डका तीर्थालुहरुले भोजन गरेको र उनीहरु त्यहीँ बास बसेको पनि उनले बताए।

‘नेपालको झण्डा फहराएर हामी बसेका छौं। नेपालीहरुका लागि सेवा गरिरहेका छौं,’ उनले भने, ‘१४४ वर्षको अन्तरालमा हुने महाकुम्भमा नेपाली तीर्थयात्रीलाई बस्ने र खाने व्यवस्थाका लागि कुनै समस्या नहोस् भनेर हामीले सेवा सञ्चालन गरेका छौं।’

संहिताशास्त्री बास्तोलालाई भेट्न उनको आवासक्षेत्रमा भारतका धर्मगुरु, नेता तथा साधुसन्तहरुको पनि भिड लागेको छ।