मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २६ शनिबार
  • Saturday, 08 February, 2025
रासस काठमाडौं
२o८१ माघ २६ शनिबार १५:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दबाबमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २६ शनिबार १५:५३:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको दबाबमा नपरी प्रमाण र तथ्यमा आधारित भएर  न्यायसंगत अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।

भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब परिसरमा निर्मित ‘द ब्लु पेभिलियन’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा विधिको शासन तथा शान्तिसुरक्षा कायम गर्ने काममा दृढताका साथ अघि बढ्न निर्देशन दिएका हुन्।

‘तपाईंहरू जनताको अपेक्षाअनुसार चल्नुपर्छ। जनताले प्रहरीबाट निष्पक्ष र असल व्यवहारको अपेक्षा गरेका छन्। त्यसैले तपाईंहरू संविधान र कानुनबमोजिम देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुस्,’ उनले भने, ‘कुनै तस्कर, भ्रष्ट र ठगहरूमाथि निर्धक्क भएर अनुसन्धान गर्नुस्। मुलुकमा शान्ति सुव्यवस्था कायमका साथै राष्ट्रिय हित र एकतालाई ध्यान दिएर अझ प्रभावकारी रूपमा काम गर्नुस्।’

प्रधानमन्त्री ओलीले नेपाल प्रहरीलाई सबै प्रहरीको घरका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए। 

२०७७ जेठ ११ गते शिलान्यास भएको उक्त प्याभिलियन रु. ७५ करोड ८७ लाखमा निर्माण भएको हो। कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको इतिहास भाग–२ को विमोचन गरे भने भवन निर्माणमा योगदान दिने अधिकारी, प्राविधिक र निर्माणकर्तालाई सम्मान प्रदान गरे।