मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २६ शनिबार
  • Saturday, 08 February, 2025
२o८१ माघ २६ शनिबार १३:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१० वर्षीय बालकले बन्दुक चलाउँदा सहोदर भाइको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २६ शनिबार १३:३९:oo

दाङमा १० वर्षीय बालकले भरूवा बन्दुक चलाउँदा उनको सहोदर भाइको ज्यान गएको छ।

शनिबार बिहान ११ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ ठुटा सम्बा निवासी १० वर्षीय शिशिर केसीले बन्दुक चलाउँदा नौ वर्षीय भाइ भुवन केसीको मृत्यु भएको हो।

घरदेखि १५ मिटर टाढा रहेको खलोमा खेल्ने क्रममा बाजे ६२ वर्षीय भुविन्द्र खत्रीले घरमा लोड गरी राखेको एकनाले भरुवा बन्दुकले भुवनको दायाँ कन्चटमा हान्दा  उनको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले बताए।

खत्रीका अनुसार बाजे भुविन्द्रलाई नियन्त्रणमा लिई एक थान भरुवा बन्दुक, ३२८ पिस छर्रा र फलामको ४ वटा गोली बरामद गरिएको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।