मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २६ शनिबार
  • Saturday, 08 February, 2025
२o८१ माघ २६ शनिबार o९:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आगलागीले धुर्कोट खर्कटोलका दलित परिवारको बिचल्ली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २६ शनिबार o९:४२:oo

धुर्कोट गाउँपालिका–१ खर्कटोल नयाँगाउँकी अनिता परियारको आँखै अगाडि घर जलेर नष्ट भयाे । उनले बारीमा घाँस काट्दै थिइन् । धुवाँ पुत्ताउने बित्तिकै दगुरेर घर पुग्दा आगो दन्किएको थियो ।  चिच्याएर जताततै हारगुहार गरिन् । तर, केहिजोर चलेन ।

आँखै अगाडि घरसंगैका उनका सपना जलेर खरानी बने । ‘साँझ ५ बजेपछि छोराहरुलाई खाजा दिएर बारीमा घाँस काट्दै थिए । धुवाँ पुत्ताएपछि दगुरेर आउँदा आधा घर थिएन,' उनले भनिन्, ‘चिच्याउँदा र रुँदारुँदै घर जलेर सकियो ।’ आगलागीले अहिले चार जनाको परिवारलाई घरबार बिहिन बनाएकाे छ ।

आगलागीले घरमा रहेको  नगद, अन्नपात, कपडा र महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएको पीडित अनिता परियारले जानकारी दिइन् । परिवारमा अनिता र तीन छोरा घरमा छन् । श्रीमान् लक्ष्मण परियार रोजगारीको लागि तीन बर्षदेखि साउदीमा छन् । छुट्टिएर बसेको सानो परिवारमा अहिले ठूलो संकट परेको स्थानीय बिष्णु कुँवर बताउँछन् ।

अहिले तत्कालको व्यावस्थापनको लागि ससुरा चतुरे परियारकोमा व्यावस्थापन गरिएको कुँवरले बताए । वडा र पालिकामा राहतको लागि प्रक्रिया अगाडि बढेको छ । अनिताका जेठा छोरा अरुण परियार नयागाउँ माविको कक्षा ६ मा पढ्छन् । अर्का छोरा अनमोलले देउराली प्राविको कक्षा ३ मा पढ्दै आएका छन् । उनीहरुको कापी किताव र विद्यालयका पोशाकहरु पनि जलेर नष्ट भएका छन् ।

बार्षिक परीक्षाको मुखमा कापी किताव जलेकाले समस्या भएको अरुणले गुनासो गरे । स्थानीय र नयाँगाउँ प्रहरीचौकीको प्रयासमा आगो नियन्त्रणमा आएको थियो । बिपन्न दलित परिवार भएकाले निकै कष्टका साथ व्यावस्थापन गरिएको छिमेकी धुर्कोट गाउँपालिका–१ का वडाध्यक्ष चेतमान कुँवरले बताए । कार्यपालिकाबाट थप राहत र पुनर्स्थापनाको लागि पहल गरिरहेको कुँवर बताए ।