मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २६ शनिबार
  • Saturday, 08 February, 2025
२o८१ माघ २६ शनिबार १o:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभामा प्रधानमन्त्री ओलीले विशेष सम्बाेधन गर्ने

फागुन ५ गते दिउँसो १ बजे  प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २६ शनिबार १o:४४:oo

लुम्बिनी प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बाेधन गर्ने भएका छन् ।  फागुन ५ गते उनले विशेष सम्बोधन गर्ने प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले जानकारी दिए । उनका अनुसार फागुन ५ गते दिउँसो १ बजे  प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने छन् ।

प्रदेश सभा बैठकमा बिशेष सम्बाेधनकालागि प्रधानमन्त्री ओलीलाई सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रदेश सभाकोतर्फबाट निमन्त्रणा पत्र पठाएका छन्। लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको छ ।

प्रधानमन्त्री ओलीले फागुन ५ गते प्रदेश सभाको बैठकलाई बिशेष सम्बाेधनपछी घोराहीमा आयोजना हुने सभालाई सम्बाेधन गर्ने र ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी हुने कार्यक्रम तय भएको छ ।