मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २६ शनिबार
  • Saturday, 08 February, 2025
सौरभ यादव राजविराज
२o८१ माघ २६ शनिबार १३:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तरीबाट पुनः ७२६ किलो गाँजा नियन्त्रणमा

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ माघ २६ शनिबार १३:३१:oo

सप्तरीबाट पुनः ठूलो मात्रामा गाँजा बरामद भएको छ। प्रहरीले शुक्रबार बिहान साढे १ बजेति ७११ किलो गाँजा नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार बोदे बर्साइन नगरपालिका– ३ बाट सो परिमाणको गाँजा बरामद भएको हो।

गाँजा बरामद भएको स्थानबाट एउटा स्कारपियो गाडी समेत प्रहरीले बरामद गरेको छ। फरार भएका स्कारपियो चालकको खोजी भईरहेको सप्तरी प्रहरीले जनाएको छ। पछिलो समय सप्तरी प्रहरीले गाजा नियन्त्रणमा कडाई गरे पछि धमाधम गाँजा बरामद हुने क्रम बढ्दो छ।

प्रहरीले यसअघि गत पुस २७ मा बलानबिहुल गाउँपालिका–१ चनहीको कमलदाहामा परालले छोपिएको अवस्थामा ६७० किलो गाँजा नियन्त्रणमा लिएको थियो। त्यस्तै गत मंसिर ३ गते राति राजगढ गाउँपालिकाबाट बालुवा बोक्ने ट्रिपरमा लोड गरिएको अवस्थामा एक हजार ७१७ किलो गाँजा नियन्त्रणमा लिएको थियो।

पूर्वी पहाडी जिल्लाबाट सप्तरी ल्याएर गाँजा भण्डारण गरिने र सप्तरीबाट भारततर्फ तस्करी हुने गरेको छ।