मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २६ शनिबार
  • Saturday, 08 February, 2025
२o८१ माघ २६ शनिबार o९:१७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आहारारा गोल्डकपको क्वार्टरफाइनलमा थन्डरबोल्ट 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २६ शनिबार o९:१७:oo

सिक्किमको थन्डरबोल्ट युनाइटेड क्लब २४औँ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको प्रिक्वार्टरफाइनलमा संकटा क्लबलाई ३–१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो । तीनपटकको विजेता संकटाले सुरुवाती अग्रता रक्षा गर्न नसक्दा प्रिक्वार्टरफाइनलबाट बाहिरिएको हो । संकटाले खेलको १७औँ मिनेटमा १–० को अग्रता लिएको थियो । संकटाका मनीष पौडेलले अग्रता गोल गरेका थिए । उनले पासाङ लामाको सटीक पासमा सहजै गोल गरेका हुन् । 

थन्डरबोल्टले संकटाको अग्रता लामो समयसम्म टिकाउन दिएन । खेलको ३५औँ मिनेटमा थन्डरबोल्टले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍यायो । संकटाका खेलाडीले डिबक्सभित्र विपक्षी टोलीका खेलाडीलाई लडाएपछि पेनाल्टी पाएको थियो । पहिलो हाफमा दुवैतर्फबाट थप गोल भएन । दोस्रो हाफमा थन्डरबोल्टले दुई गोल थप्दै जित निकाल्यो । खेलको ७७औँ मिनेटमा थन्डरबोल्टका करण राईले टोलीलाई २–१ को अग्रता दिलाए । करणले आन्द्रेको क्रसमा डिबक्सबाट गोल गरेका हुन् । 

संकटाका डिफेन्डर र गोलरक्षक दीप कार्कीले करणले प्रहार गरेको बल रोक्ने कुनै अवसर पाएनन् । दोस्रो गोलपछि सहज स्थितिमा फर्किएको थन्डरबोल्ट त्यसपछि आत्मविश्वासी देखियो । थन्डरबोल्टका आदर्श तामाङले ८४औँ मिनेटमा टोलीलाई ३–१ को अग्रता दिलाए । उनले मैदानको मध्यभागबाट एकल प्रयासमा उत्कृष्ट गोल गरेका हुन् । प्रतियोगिताबाट संकटासँगै आयोजक सहारा र एपिएफ क्लब बाहिरिसकेका छन् ।

खेलाडीबिच तालमेल मिलेन : सोनाम छिरिङ, प्रशिक्षक, थन्डरबोल्ट
संकटाविरुद्धको खेल रामै्र भयो । तैपनि, टोलीको तालमेल मिलेको थिएन । आगामी खेलमा यसलाई सुधार गर्दै लैजानुपर्छ । हामीमा खेल जित्छौँ भन्ने विश्वास थियो । क्वार्टरफाइनलमा थप दुई खेलाडी आउनेछन् । त्यसपछि यो टोली थप बलियो हुनेछ । 

हाम्रो बेन्च बलियो भएन : रवीन्द्र सिलाकारा प्रशिक्षक, संकटा 
हाम्रो बेन्च बलियो नहुँदा नै पराजित भएको हो । सिजनमा खेल जुधेकाले समस्या भइरहेको छ । एक समयमा गोल्डकपहरू आयोजना भइरहँदा पहिलो रोजाइका खेलाडी छरिएका छन् । टोलीको ब्याक अप पनि भएन । हामीले लय बिगारेका कारण हार्‍यौँ ।