मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ४ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ४ बिहीबार १५:१७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एनपिएल : ललित बने सबैभन्दा धेरै विकेट लिने खेलाडी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ४ बिहीबार १५:१७:oo

नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्टसका ललित राजवंशी सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा परेका छन् । आज (बिहीबार) जारी एनपिएलको दोस्रो क्वालिफायरमा कर्णालीविरुद्ध दुई विकेट लिएपछि राजवंशी सुदूरपश्चिमका स्कट क्रिस्टोफर कुगलेइनसँगै सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन् । दुवैले समान १६-१६ विकेट लिएका छन् ।

कुगलेइनले आठ खेलमा १६७ रन दिँदा ६.४६ को इकोनोमीमा १६ लिएका छन् । ललितले नाै खेलमा १९८ रन दिँदा ५.५० को औसतमा १६ विकेट नै लिएका छन् । बढी रन दिएको आधारमा सूचीमा ललित दोस्रो स्थानमा छन् । ललितले सर्वाधिक चार मेडन राखेका छन् ।

सबैभन्दा बढी विकेटको टुंगो अन्तिम खेलबाट लाग्नेछ । जनकपुरलाई नै पराजित गर्दै सुदूरपश्चिम रोयल्स बुधबार फाइनलमा पुगेको थियो । फाइनल शनिबार हुनेछ । बढी विकेट लिनेमा अन्य खेलाडीमा चितवनका सोहेल तनविर १४, रिजन ढकाल १३, करण केसी १२ विकेट छन् ।