मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २७ बिहीबार
  • Thursday, 12 December, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर २७ बिहीबार १६:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

साइबर अपराधमा पक्राउ परेका दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर २७ बिहीबार १६:४o:oo

साइबर अपराधको अभियोगमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश भएको छ।

जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई ४० हजार रुपैयाँमा धरौटीमा छाड्न आदेश दिएको हो। उनलाई आपराधिक लाभ मुद्दामा फेरि पक्राउ गर्न लागिएको छ।

प्रधानमन्त्री केपी ओलीबारे भ्रमपूर्ण विवरण सार्वजनिक गरेका प्रसाईंलाई सिआइबीको टोलीले मंसिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। प्रसाईंले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री केपी ओलीको कम्बोडियाको टेलिकममा ३३ अर्ब लगानी रहेको प्रचार गरेका थिए।

त्यसअघि गत असोज ६ मा पनि प्रसाईं साइबर अपराधसम्बन्धी कसुरमै पक्राउ परेका थिए। आफ्नो चरित्रहत्या हुने गरी अन्तर्वार्तामा बोलेको भन्दै एक महिलाले उनीविरुद्ध उजुरी दिएकी थिइन्।