फोटो सर्कलले ‘नदीनाला कसका?’ शीर्षकमा कला प्रदर्शनी गर्ने भएको छ। प्रदर्शनी बबरमहलस्थित आर्ट काउन्सिलमा मंसिर २८ गते शुक्रबारदेखि पुस ८ गतेसम्म हुन लागेको हो।
फोटो सर्कलका अनुसार फोटोग्राफी, चलचित्र र अन्य बहुसञ्चार सामग्रीले स्थापित प्रगतिको भाष्यलाई चुनौती दिने गरी कला प्रदर्शनीहरू राखिएका छन्।
जसमा प्रगतिबारे प्रचलित भाष्य, यी भाष्यलाई आत्मसात गर्नाले नदीनाला, वनजंगल र जमिनको कुन हदसम्म दोहन र क्षय भएको छ भन्नेबारेमा पुनर्विचार गर्न आग्रह गरिएको सर्कलका प्रेस संयोजक सन्देश घिमिरेले बताए।