मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २७ बिहीबार
  • Thursday, 12 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर २७ बिहीबार १८:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिवि नियुक्तिमा केही दलले कार्यकर्तामार्फत अवरोध सिर्जना गर्न खाेजे : रास्वपा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर २७ बिहीबार १८:५३:oo

राष्ट्रिय स्वतन्त्र पार्टीले त्रिभुवन विश्वविद्यालयमा डिन र क्याम्पस प्रमुखहरूको नियुक्तिमा केही दलले कार्यकर्तामार्फत अवरोध सिर्जना गरेको बताएको छ।

योग्यता र क्षमताको आधारमा गर्ने नयाँ कार्यविधि लागू गरी छनोट प्रक्रिया सुरु गर्दा केही आशा पलाए पनि अहिले पुनः कार्यकर्तामार्फत अवरोध सिर्जना गर्न खोजिएको भन्दै रास्वपाले आपत्ति जनाएको हो।

दलगत भागबन्डाको आधारमा विश्वविद्यालय चलाउँदा देशको शिक्षा क्षेत्रको साख निरन्तर खस्कँदो रहेको तथा योग्यतालाई बेवास्ता गर्दा नेपालको शैक्षिक क्षेत्र राजनीतिक कार्यकर्ता भर्ती केन्द्र बनेको पार्टीका कार्यबाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘विश्वविद्यालयहरू आफ्नो न्यूनतम कार्यसम्पादनमा समेत चुकिरहेका छन्। यस्तो गम्भीर अवस्थामा त्रिभुवन विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयका नियुक्तिका सन्दर्भमा केही राजनीतिक दल, तिनका भ्रातृ संगठन र गलत तत्त्वहरूबाट जुन खालको दलीय हस्तक्षेपको हर्कत गरिँदै आएको छ यसप्रति हाम्रो विमति रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालयमा डिन र क्याम्पस प्रमुखहरूको नियुक्ति योग्यता र क्षमताको आधारमा गर्ने नयाँ कार्यविधि लागू गरी छनोट प्रक्रिया सुरु गर्दा केही आशा पलाएकाे थियो। तर, अहिले जसरी अवरोध सिर्जना गरी पुनः कार्यकर्तामार्फत केही दलहरूले आफ्नो अभीष्ट पूरा गर्ने प्रयास गर्दै छन्, हामी यसको घोर भर्त्सना गर्दछौँ।’

सरकार र सत्तारूढ दलबाटै उत्कृष्टताको पद्धतिलाई निरुत्साहित गर्ने हर्कतप्रति आपत्ति जनाउँदै पार्टीले विश्वविद्यालयमा दलीय राजनीति स्वीकार्य नभएको दोहोर्‍याएको छ।