मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २७ बिहीबार
  • Thursday, 12 December, 2024
२o८१ मङ्सिर २७ बिहीबार १८:५९:oo
Read Time : < 1 मिनेट
खेलकुद

आइटिएफ टेनिस टुर : नेपालका हाडा र गुरुङ सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर २७ बिहीबार १८:५९:oo

पोखरामा जारी आइटिएफ वर्ल्ड टेनिस टुर जे ३० अन्तर्गत सर्किट २ को सेमिफाइनलमा नेपालका आरबसम्राट हाडा र शिवाली गुरुङ प्रवेश गरेका छन्।

चौथो दिनको खेल सकिँदा सिंगल्सतर्फ उनीहरूले सेमिफाइनलमा स्थान बनाएका हुन्। कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा अपराजित यात्रा जारी राखेका नेपालका हाडाले भारतका ओजस मेहलावतलाई ६-२, ७-५ ले र गुरुङले सर्किट १ को उपविजेता सुनिरा थापालाई  ६–३, ६–४ को सोझो सेटमा पराजित गरेकी हुन् । ब्वाइज सिंगल्सतर्फ अस्ट्रेलियाका प्रतीक नवीनले चीनका हैनुओ गुऔलाई ६–१, ६–३ को सोझो सेटमा पराजित गरे।

गल्र्स सिंगल्समा भारतकी महिका खन्नाले चीनकी यिजिया झाओलाई ६–१, ६–३ ले, मंगोलियाकी मार्टा छोग्सोमजाभले भारतकी अपरा खंडारेलाई ६–१, ६–० ले, भारतकी अर्जन खोराकिवालाले चीनकी तियानरान डोंगलाई ६–७(१), ६–२, ६–१ ले पराजित गर्दै अन्तिम स्थान बनाइन्। फाइनल प्रवेशका लागि शुक्रबार हुने खेलमा भारतकी महिकाले मंगोलियाकी मार्टासँग र नेपालकी शिवालीले भारतकी अर्जन खोराकिवालासँग प्रतिस्पर्धा गर्नेछन्। ब्वाइजतर्फ चीनका हैनुओले भारतका आश्रब्य र नेपालका आरबले अस्ट्रेलियाका नवीनसँग भिड्नेछन्।

डबल्सतर्फको सेमिफाइनलको खेलमा भारतका आदित्य मोर र अधिराज ठाकुरले भारतकै सोवर्य समला र प्रकाश शरणलाई ६–३, ६–३ ले, भारतका आरब चावला र ओजस मेहलावतले नेपालका जोडी प्रणव मानन्धर र राजवीर प्रधानलाई ६–२, ६–४ ले पराजित गरे। 

गर्ल्सतर्फ मार्टा छोग्सोमजाभ (मंगोलिया) र यिजिया झाओ (चीन)को जोडीले भारतका एन्जल पटेल र सायेत बराडकरलाई ६–२, ६–३ ले, भारतका दिशा बेहरा र अर्जन खोराकिवालाले नेपालका शिवाली गुरुङ र सुनिरा थापालाई ६–०, ६–७(४), (१०–५) ले पराजित गर्दै फाइनलमा स्थान बनाए 

विजेताले समान ३०, उपविजेताले १८, सेमिफाइनलिस्टले ९, क्वार्टरफाइनालिस्टले पाँच, आर–१६ ले दुई अंक प्राप्त गर्नेछन्। यस्तै, डबल्समा विजेताले २५, उपविजेताले १३, सेमिफाइनालिस्टले ६, क्वार्टरफाइनालिस्टले तीन अंक प्राप्त गर्नेछन्।