मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २७ बिहीबार
  • Thursday, 12 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर २७ बिहीबार १६:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘दुई नम्बर’को आरोप नलाग्ने गरी डिन नियुक्ति हुन्छ : उपकुलपति प्राडा बराल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर २७ बिहीबार १६:३८:oo

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले आफू मेरिटोक्रेसीका आधारमा नियुक्त भएको भन्दै डिन नियुक्ति गर्दा आफूमाथि मेरिटोक्रेसी मिच्न लागेको आरोप आइरहेको बताएका छन्।

बिहीबार बसेको त्रिविसभा बैठकमा उनले मेरिटोक्रेसीकै आधारमा डिन नियुक्ति गर्न लागेको बताउँदै आफूमाथि लागेको आरोपको खण्डन गरे। ‘मैलेजस्तो दुई नम्बरको भनेर अरूले आरोप खेप्न नपरोस्, त्यही भनेर मैले डिन नियुक्तिमा ध्यान दिँदै छु। ढिलो हुनुको कारण पनि यही हो,’ उनले भने।

त्रिवि उपकुलपति नियुक्ति हुँदा प्राडा बराल दुई नम्बरमा थिए। कुलपतिले सिफारिस भएका तीनजनामध्येबाट उपकुलपतिका रूपमा बराललाई नियुक्ति गरेका थिए। तर, पछिल्लो समय आफू दुई नम्बरबाट आएको भन्दै आरोप आइरहेकाले डिन नियुक्तिमा यस्तो आरोप नहुने गरी प्रक्रिया अघि बढाइएको उनले बताए।

हाल त्रिविमा आठ डिन र १८ वटा क्याम्पसमा प्रमुख नियुक्ति गर्ने प्रक्रिया अघि बढाइएको छ। बैठकमा प्रधानमन्त्री तथा त्रिवि कुलपति केपी ओलीले अर्को त्रिविसभा बैठक अर्थात् ७ पुससम्म डिन नियुक्ति प्रक्रिया सकाउन निर्देशन दिएका छन्।