मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २७ बिहीबार
  • Thursday, 12 December, 2024
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
२o८१ मङ्सिर २७ बिहीबार १४:३o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर २७ बिहीबार १४:३o:oo

नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई १०२ रनको लक्ष्य दिएको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९.३ ओभरमा अलआउट हुँदा मात्र १०१ रन बनाउन सक्यो।

काठमाडौंका जेरार्ड इरास्मसले सर्वाधिक २० रन बनाए। नामिवियाका कप्तानसमेत रहेका इरास्मसले २२ बलमा दुई चौका हिर्काए। कप्तान करण केसीले १३ बलमा तीन चौका र एक छक्कासहित १९ रन बनाउँदा ओपनर स्टेफन इस्किनाजीले १९ बलमा दुई चौकासहित १७ रन बनाए।

यसबोहक ओपनर माइकल लेभिटले आठ, भीम सार्की चार, रसिद खान सात, डन डोउथवेटले एक, प्रतिक श्रेष्ठ ६, सहाब आलम अविजित आठ रन बनाउँदा दीपेश कँडेल  र सुमित महर्जन डकआउट भए।

जनकपुरका लागि ललितकुमार राजवंशी र शेर मल्लले समान तीन तथा मोहम्मद मोहसिनले दुई विकेट हात पारे। किशोर महतो र अरनिको यादवले एक विकेट लिए।

पाँच खेलबाट आठ अंकसहित दोस्रो स्थानमा रहेको जनकपुर पाँचौँ जित निकाल्दै शीर्ष स्थानमा फर्किने योजनामा छ। चार खेल खेलिसकेको काठमाडौं तेस्रो जित निकाल्ने योजनामा छ। दुवै टोलीको प्लेअफ सम्भावना यथावत् छ। लुम्बिनी भने एक खेलअघि नै प्लेअफबाट बाहिरिसकेको छ। 

यसअघि आजै भएको पहिलो खेलमा विराटनगर किंग्सलाई सुपर ओभरमा हराउँदै पोखरा एभेन्जर्सले एनपिएलमा दोस्रो जित निकालेको छ।