बिहीबार बसेको त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकबाट १२बुँदे नीति पास भएको छ। कुलपति एवं प्रधानमन्त्री केपी ओलीसहितको उपस्थितिमा बसेको बैठकले विभिन्न विषयसँग सम्बन्धित नीति पास गरेको हो।
यसअघि १५ साउनमा बसेको त्रिवि सभाले नीति तथा कार्यक्रम पास नगरी बजेट मात्रै पारित गरेको थियो। सो समयमा प्रधामन्त्री ओलीले आफूले नीति तथा कार्यक्रम हेर्न र पढ्न नपाएको भन्दै रोकेका थिए।
बिहीबार बसेको बैठकमा सोही नीति तथा कार्यक्रमसहितको बुँदाहरू पेस गरी पास गरिएको हो। नीतिमा समेटिएको एउटा बुँदा भने होल्ड भएको छ।
त्रिवि सभाको अर्को बैठक आगामी पुस ७ गते बिहान ११ बजेलाई तोकिएको छ।