मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २७ बिहीबार
  • Thursday, 12 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर २७ बिहीबार १५:२६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बोनस सेयर लाभांश दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर २७ बिहीबार १५:२६:oo

ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ।

साधारणसभाले आर्थिक वर्ष ०८०/८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोषसमेतबाट सेयरधनीलाई प्रस्ताव गरिएको ५.५ प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेका वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै बोनस सेयर वितरणपश्चात् कायम हुने पूँजी वृद्धिको हदसम्म हुने गरी प्रबन्धपत्र र नियमावली संशोधनको प्रस्ताव पनि पारित गरेको छ। 

बैंकले आर्थिक वर्ष ०८०/८१ मा १२ अर्ब ४८ करोड रुपैयाँ सञ्चालन मुनाफा र ६ अर्ब १३ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो। प्रस्तावित बोनस सेयर वितरणपछि बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुग्नेछ।