Skip This
भारतीय सहयोगमा गल्याङ नगर अस्पताल भवन तयार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Saturday, 26 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक १० शनिबार १६:३९:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भारतीय सहयोगमा गल्याङ नगर अस्पताल भवन तयार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार १६:३९:oo

‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको चार करोड आर्थिक सहयोगमा स्याङ्जाको गल्याङ नगरपालिकास्थित गल्याङ नगर अस्पताल भवन तयार भएको छ। अस्पताल भवनको जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटी, गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराई र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्त रूपमा उद्घाटन गरे। 

उद्घाटन कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, अस्पताल व्यवस्थापनका प्रतिनिधि, चिकित्सक, मेडिकल स्टाफ सदस्य  तथा गल्याङ नगर अस्पतालका अधिकारी उपस्थित थिए। भारत सरकारको अनुदान सहयोग गल्याङ नगर अस्पताललाई आवश्यक अन्य सुविधा, चिकित्सकीय उपकरणको व्यवस्थासँगै अस्पताल भवनको निर्माणमा उपयोग गरिएको थियो।

भारत सरकार र नेपाल सरकारबिच भएको सम्झौताअन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो। जिल्ला समन्वय समिति, स्याङ्जामार्फत यो परियोजनाको कार्यान्वयन गरिएको थियो।

जिल्ला समन्वय समितिका प्रमुख, गल्याङ नगरपालिकाका नगर प्रमुख, राजनीतिक प्रतिनिधि र अस्पताल व्यवस्थापनका प्रतिनिधिहरूले आ–आफ्नो मन्तव्यमा प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका छन्।

नेपाल सरकारको स्वीकृतिमा स्थानीय जनताले एउटा सानो भाडाको घरमा सन् २०१० मा गल्याङ सामुदायिक अस्पतालको स्थापना भएको थियो। गल्याङ नगरपालिकाको आर्थिक सहयोग रहेको उक्त अस्पतालको नाम परिवर्तन गरी अहिले गल्याङ नगर अस्पताल राखिएको छ। अस्पतालले स्याङ्जा, पाल्पा, पर्वत र गुल्मी जिल्लाका बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। 

यस अस्पतालका लागि निर्माण गरिएको नवनिर्मित संरचना नेपालका जनतालाई गुणस्तरीय पूर्वाधार र स्वास्थ्य सेवामा गुणस्तरीय वातावरण उपलब्ध गराउन उपयोगी हुने भारत सरकारको विश्वास छ। ‘नजिकको छिमेकी भएको नाताले भारत र नेपालबिच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ। यस उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ,’ भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।