Skip This
मानव अधिकार रक्षक पुरस्कारबाट पत्रकार कुइँकेल सम्मानित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ९ शुक्रबार
  • Friday, 25 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ९ शुक्रबार १७:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मानव अधिकार रक्षक पुरस्कारबाट पत्रकार कुइँकेल सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ९ शुक्रबार १७:१६:oo

राष्ट्रिय मानव अधिकार रक्षक पुरस्कारबाट पत्रकार एवं मानव अधिकारवादी राजन कुइँकेल सम्मानित भएका छन्। लुम्बिनी वर्ल्ड पिस फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पत्रकार कुइँकेललाई पुरस्कृत गरिएको हो।

युवाका लागि दिगो शान्ति र सामाजिक उधमशीलतासम्बन्धी राष्ट्रिय सम्मेलन तथा राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा संघीय संसद्, प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पुरस्कृत गरेका हुन्।

एमनेस्टी इन्टरनेसनल नेपालका पूर्वअध्यक्षसमेत रहेका कुइँकेललाई पत्रकारिताका माध्यमबाट मानव अधिकार प्रवर्द्धनमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो।

विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका व्यक्तिलाई पुरस्कृत गरिएको उक्त कार्यक्रममा नेपाल युवा संस्था सञ्जाल (आयोन)का अध्यक्ष सुजता बराल पनि पुरस्कृत भएकी छिन्।