१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १४ सोमबार १o:o९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

राहत, उद्धार र पुनर्स्थापनाको काममा खटिन एमालेको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार १o:o९:oo

सरकारको नेतृत्व गरेको दल एमालेले दसैँको सँघारमा तत्काल अवरुद्ध राजमार्ग र सडकहरू खुलाएर जनजीवन सहज बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । तीन दिनको अविरल वर्षाले पुर्‍याएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै एमाले केन्द्रीय कार्यालयको आइतबारको आकस्मिक बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो ।

‘नेपालीहरूको महान् चाड बडादसैँ नजिक आइरहेको छ । चाडपर्वको नजिक ठूलो प्राकृतिक विपत्तिको सामना गर्नुपरेको छ ।

पुल, सडक भत्किएका छन्, विद्युत् लाइन र खानेपानी अवरुद्ध भएका छन्,’ महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत भनेका छन्, ‘यो अवस्थालाई मध्यनजर गरी अवरुद्ध सडकहरू खोल्न, मर्मत गर्न, नेपाललाई तिब्बतसँग जोड्ने अरनिको राजमार्गको लार्चाको पुल, बिपी राजमार्गको पुल, मदन भण्डारी राजमार्गको पुलहरूलगायतका देशका विभिन्न भागमा बाढीले बगाएको हुँदा पुलहरू पुनर्निर्माण गर्न, जनजीवनलाई सहज बनाउन नेपाल सरकारका सम्बन्धित निकायहरूको गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।’