१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ९ बुधबार o८:४९:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

हाङझाउमा इतिहास रचेकी एरिकाको भव्य स्वागत- ‘चोटले स्वर्ण जित्ने लक्ष्य पूरा भएन’

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार o८:४९:oo

२०औँ एसियन कराँते च्याम्पियनसिपमा इतिहास रच्दै कांस्यपदक जितेकी एरिका गुरुङसँगै नेपाली टोलीको मंगलबार स्वेदश फर्कँदा भव्य स्वागत भएको छ । नेपाल प्रहरीको गाडीको अगाडि भागमा रहेकी एरिकालाई नगरपरिक्रमा गराउँदै राष्ट्रिय खेलकुद परिषद्सम्म पु¥याइएको थियो । नेपाल प्रहरीमा आबद्ध उनको नगर परिक्रमामा प्रहरीले नै गाडीको व्यवस्था गरेको हो । 

चिनको हाङझाउमा सहभागी नेपाली टोलीलाई बाजागाजासहित भव्य स्वागत गरिँदा राखेपका सदस्यसचिव टंकलाल घिसिङले स्वागत गरेका थिए । नेपाल कराँते महासंघ, नेपाल पुलिस क्लब र विभिन्न खेलका खेलाडी नेपाली टोलीको स्वागतमा उपस्थित रहे । विमानस्थलमै एरिकाका बुबा र आमा पनि उपस्थित भएका थिए । उनले आफ्ना परिवारसँगै खुसी साटेकी थिइन् । त्यसपछि भिआइपी कक्षमा राखेपले आयोजना गरेको स्वागत कार्यक्रम एरिका सम्मिलित भइन् ।

स्वदेश फर्किएपछि एरिकाले भनिन्–

स्वर्ण जित्ने लक्ष्य थियो, तर फाइनलअघि घुँडामा चोट लागेको थियो । जसकारण सोचेअनुरूप प्रतिस्पर्धा गर्न सकिनँ । विपक्षी धेरै राम्रो पाएँ, यसले पनि स्वर्ण जित्ने अभियानमा बाधक बन्यो । यो हारले अझै धेरै प्रशिक्षण र मिहिनेत गर्नुपर्ने महसुस भयो । सहयोग गर्ने सबैलाई धन्यवाद छ ।

प्रहरीको गाडीमा बस्नुअघि चीनको हाङझाउमा रजत जितेर आएकी एरिकालाई सयौँ कराँतेका समर्थकले स्वागत गरेका थिए । भ्यानमा उनका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ, सहायक प्रशिक्षक मण्डेकाजी श्रेष्ठसँगै स्वयं एरिका बसेका थिए । गत आइतबार हाङझाउमा एरिकाले नेपाली कराँते इतिहासमा पहिलोपटक एसियन च्याम्पियनसिपमा रजत पदक दिलाएकी थिइन् । उनी भियतनामकी एनगोवान नुगेनसँग ६–० ले पराजित हुँदा स्वर्ण जित्न चुकेकी थिइन् । गत वर्ष असोजमै हाङझाउमै भएको १९औँ एसियन खेलकुद प्रतियोगितामा उनले व्यक्तिगततर्फ कराँतमै देशलाई रजत दिलाएकी थिइन् । 

एक वर्षपछि एसियाडबाट फर्किँदाको जस्तै स्वागत र नगर परिक्रममा हुँदा उनी दंग परेकी थिइन् । एरिकाले फाइनलअघि चोट बोकेका कारण स्वर्ण जित्न नसकेको प्रतिक्रिया दिइन् । ‘स्वर्ण जित्ने लक्ष्य थियो, तर म घाइते भएकाले खेल जित्न सकिनँ,’ विमानस्थलमा उनले भनिन्, ‘मेरो घुँडामा चोट लागेको थियो । स्वर्णपदक भिडन्तमा विपक्षी खेलाडी आफूभन्दा निकै राम्रो भएको उनको भनाइ थियो । ‘विपक्षी धेरै राम्रो पाएँ, यसले पनि स्वर्ण जित्ने अभियानमा बाधक बन्यो ।’ 
महिला ६८ केजीमाथि तौलसमूहमा एरिकाले जितेको रजत कुनै पनि नेपाली कराँते खेलाडीले एसियाली सिनियर कराँतेमा जितेको पहिलो पदक हो । सन् २०१८ मा जापानमा भएको एसियाली कराते च्याम्पियनसिप भने एस्टर राईले यू–२१ उमेरसमूहमा कांस्य जितेका थिए ।

२०औँ एसियन कराँते च्याम्पियनसिपमा फाइनलमा पराजित भए पनि आफूमा निकै आत्मविश्वास बढेको उनले बताइन् । यस किसिमको अन्तर्राष्ट्रिय स्पर्धामा दाबेदारी खेलाडीका रूपमा प्रस्तुत हुन अझै मिहिनेतको खाँचो भएको एरिकाले बताएकी छिन् । ‘फाइनलकोे हारले अझै धेरै प्रशिक्षण गर्नुपर्ने र थप प्रोत्साहन प्राप्त गरेँ,’ उनले विश्लेषण गरेकी छिन्, ‘मेरो यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद छ ।’ 

फाइनलका प्रतिद्वन्द्वी बलियो
नेपाली टोलीका मुख्य प्रशिक्षक कुशलले पहिलोपटक एसियन सिनियर च्याम्पियनसिपमा जितेको पदक सम्पूर्ण नेपालीमा समर्पित गरेका छन् । श्रेष्ठले पनि फाइनलमा एरियाको घुँडामा चोट लागेको कारण सोचेजस्तो प्रदर्शन गर्न नसकेको बताए । ‘फाइनलको यात्राअघिसम्म एरिकाले उत्कृष्ट प्रदर्शन गरे, तर घुँडामा चोट लाग्दा हामीले स्वर्ण जित्न सकेनौँ,’ उनले भने, ‘फाइनलमा अपेक्षाअनुरूप प्रदर्शन भएन ।’ स्वर्ण भिडन्तमा एरिकाको प्रतिद्वन्द्वी भियतनामकी खेलाडी धेरै अनुभवी रहेकाको प्रशिक्षक श्रेष्ठको बुझाइ रह्यो । 

‘एरिकाले फाइनल स्थान पक्का गर्नुअघि क्वार्टरफाइनलमा शीर्ष वरीयताका खेलाडीलाई पराजित गरेकी थिइन्, तर फाइनलमा कडा प्रतिद्वन्द्वी हामीले पायौँ, यसकारण स्वर्ण जित्न असफल भएको हो,’ उनले भने । उनले जित र हार एउटा खेलाडीको जीवनमा आइरहने भएकाले यसलाई शिक्षाको रूपमा लिएर अगाडि बढ्नुपर्ने धारणा राखे।

लक्ष्य २०औँ एसियाड
विमानस्थलमा स्वागत गर्न पुगेका राखेपका सदस्यसचिव घिसिङले देशलाई एकपल्ट फेरि एरिकाले ऐतिहासिक पदक दिलाएको बताए । खेलाडीले अन्तर्राष्ट्रिय भूमिमा आफूलाई प्रमाणित गरेको र एरिकाले अझै धैरे सफलता दिलाउन सक्ने विश्वास घिसिङले लिएका छन् । ‘अन्तर्राष्ट्रिय क्षेत्रमा योभन्दा बढी सफलता दिलाउने खेलाडीका रूपमा मैले एरिकालाई लिएको छु,’ घिसिङले भने, ‘पुनः एकपटक उसले आपूmलाई प्रमाणित गरेकी छिन् ।’ प्रशिक्षक कुशलको प्रशिक्षण र नेपाल कराँते महासंघको व्यवस्थापन सराहनीय रहेको उनले बताए । सन् २०२६ मा जापानमा हुने २०औँ एसियाली खेलकुदमा कराँते नेपालका लागि मेरुदण्ड नै रहेको उनको भनाइ छ । 

पाँचमध्ये तीन अन्तर्राष्ट्रियमा स्वर्ण
एरिकाले लगभग एक वर्षको अवधिमा पाँच अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामध्ये तीनमा स्वर्ण जितेकी छिन् । उनी सहभागिता जनाएको कुनै पनि प्रतियोगितामा पदकविहीन भएकी छैनन् । गत वर्ष इन्डोनेसियाको जकार्तामा भएको १०औँ विश्व सितोरियो कराँते च्याम्पियनसिपमा डेब्युमै उनले स्वर्ण जितेकी थिइन् । अमेरिकाको टेक्सासमा भएको युएस ओपन कराँते च्याम्पियन्सिपले स्वर्ण र रजत हात पारेकी थिइन् । भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा उनले स्वर्ण जितेकी थिइन् । सबै प्रतियोगितामा कुशल प्रशिक्षकको भूमिकामा थिए ।