१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ९ बुधबार १o:१६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

डेंगु नियन्त्रण गर्न महानगरले थाल्यो लार्भा नष्ट अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार १o:१६:oo

पछिल्लो समय काठमाडौं उपत्यकामा डेंगु संक्रमितको संख्या निरन्तर बढेसँगै काठमाडौं महानगरपालिकाले डेंगु फैलाउने लामखुट्टे र यसका लार्भा नष्ट अभियान सुरु गरेको छ । मंगलबार महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको अध्यक्षतामा बसेको बैठकले व्यक्तिको घरमा भन्दा सार्वजनिक निकायका भवन कम्पाउन्ड बढी जोखिमयुक्त रहेको भन्दै तालिकाबद्ध रूपमा सफाइ संस्कृति चलाउनुपर्नेमा जोड दिए । डेंगु संक्रमणको जोखिम अझै चार साता रहेकाले डेंगु नियन्त्रणमा थप सक्रिय हुनुपर्ने, डेंगुबाट बच्न हरेक व्यक्ति सचेत र सावधान हुनुपर्ने बैठकको निष्कर्ष छ । 

बैठकमा डेंगी संक्रमण फैलाउने लामखुट्टे सफा पानीमा बस्ने हुँदा पानी जम्ने सडक, सडक पेटीका खाल्टाखुल्टी, गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरन्डामा जम्ने पानी सफा गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जोड दिइएको थियो । बैठकमा प्रशासन विभागका प्रमुख नमराज ढकालले पानी जम्न नदिनु नै यसको जोखिम घटाउने उपाय भएको बताए । स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवालले संक्रमणबाट बच्न सावधानी अपनाउनुपर्ने बताए । संक्रमण भइहालेमा नआत्तिन वा नडराउन पनि उनले सुझाव दिए । समयमै उपचार गर्न उनको सुझाव छ । 

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा, भेक्टर डिजिज शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार सीतापाइला, कालिमाटी, कोटेश्वरलगायत क्षेत्रमा डेंगीका बिरामी बढेका छन् । उले भने, ‘१० जना सक्रिय बिरामी भेटिएका ठाउँमा कम्तीमा एक सयजना निष्क्रिय बिरामी हुन सक्छन् । यसकारण महामारी नियन्त्रणमा प्रभावकारी चाहिएको हो ।’ वर्षायाममा साउन, भदौ, असोज र कात्तिक महिनासम्म यो रोगको संक्रमण दर तीव्र हुने गरेको विगत अभ्यासले देखाउँछ ।