Skip This
भोटेकोशीमा जिप खस्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Wednesday, 18 September, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ भदौ २८ शुक्रबार १७:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भोटेकोशीमा जिप खस्यो

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार १७:३६:oo

सिन्धुपाल्चोकको तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बोलेरो जिप भोटेकोशीमा खसेको छ। नम्बर नखुलेको जिप बाह्रबिसे नगरपालिका– ६ बोर्डरल्यान्डबाट भोटेकोशीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी निरञ्जन भट्टराईले दिएको जानकारीअनुसार जिप कसको हो भन्ने खुलेको छैन। भोटेकोशीमा ठूलो बाढी आएकाले जिप झिक्न सकिएको छैन।

नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी उद्धारमा खटिएका छन्। दुईवटा क्रेनले जिप तान्ने प्रयास भइरहेको छ।

घटनास्थल पुगेका बाह्रबिसेनिवासी युधीर पौडेलका अनुसार जिप दिउँसो २ बजे नदीमा खसेको हो। जिपमा कतिजना सवार थिए भन्ने खुलेको छैन।