Skip This
महिला लिगमा दोस्रो स्थानमा उक्लियो आर्मी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २ बुधबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज २ बुधबार o८:१४:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

महिला लिगमा दोस्रो स्थानमा उक्लियो आर्मी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार o८:१४:oo

त्रिभुवन आर्मी फुटबल क्लब राष्ट्रिय महिला लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिगको मंगलबार भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ५–० ले हरायो । एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन विमला चौधरी र अनिता लम्जेलले समान दुई गोल गरेका थिए । हिमा चौधरीको नाममा एक गोल रह्यो । लिगमा आर्मीले १३ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको नेपाल एपिएफ क्लबले सर्वाधिक १६ अंक बनाएको छ । कोशी १० अंकका साथ कोशी चौथो स्थानमा छ ।

खेलको आठौँमा मिनेटमा आर्मीले १–० को अग्रता लियो । आर्मीलाई विमलाले अग्रता गाल गरेकी हुन् । विभागीय टोलीविरुद्ध कमजोर प्रदर्शन गरेको कोशी खेलको १०औँ मिनेटमा २–० ले पछि पर्‍यो । आर्मीबाट दोस्रो गोल विमलाले नै गरेकी थिइन् । पहिलो हाफमा आर्मीले फिनिसिङ र मिडफिल्ड बलियो बनाएको थियो । जसका कारण नै आर्मीले मध्यान्तरमा ४–० को अग्रता बनायो । खेलको २१औँ मिनेटमा हिमाले आर्मीलाई ३–० को स्थितिमा राखिन् । खेलको ३८औँ मिनेटमा अनिताले आर्मीको अग्रता ४–० मा पुर्‍याइन् । 

पहिलो हाफको तुलनामा दोस्रोमा कोशीले सुधारिएको प्रदर्शन गरेको थियो । पहिलो हाफमा कोशीको डिफेन्स लाइन निकै कमजोर देखिएको थियो । कोशीले यसै क्षेत्रमा सुधार गर्दा मध्यान्तरपछि एक गोल मात्र व्यहोर्‍यो । आर्मीले दोस्रो हाफमा एक गोल मात्र गर्‍यो । खेलको ६०औँ मिनेटमा अनिताले आर्मीलाई ५–० को बलियो स्थितिमा राखिन् । त्यसपछि आर्मीले गोल गर्न सकेन ।