Skip This
भन्सार छली ल्याएको एक करोड ३५ लाखबराबरको कपडा बरामद
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024
२o८१ असोज ३ बिहीबार १५:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भन्सार छली ल्याएको एक करोड ३५ लाखबराबरको कपडा बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार १५:o३:oo

मकवानपुर प्रहरीले अवैध रूपमा भन्सार छली ल्याएको एक करोड ३५ लाख रुपैयाँबराबरको लत्ताकपडा तथा सवारीसाधनसहित दुईजनालाई नियन्त्रणमा लिएको छ। बुधबार विशेष सूचनाको आधारमा प्रहरीले सुनसरीबाट हेटौँडा हुँदै काठमाडौंका लागि गुडेको बिआर ५ जिडी १३४३ नम्बरको भारतीय ट्रकलाई हेटौँडा– १५ स्थित रातोमाटे चेकपोस्टमा रोकी जाँच गर्दा उक्त परिमाणको भन्सार छली ल्याएको अवैध लत्ताकपडा बरामद गरेको हो ।

प्रहरीले ट्रकसँगै उक्त ट्रकका चालक भारतकाे बिहार राज्य, जिल्ला मोतिहारी, थाना तुकालिया, पूर्वी चम्पारण सपही बस्ने वर्ष ३० का जन्दार आलम र सहचालक थाना बन्जरिया पूर्वी चम्पारण चौलाहा कलोनी बस्ने वर्ष १९ का मुना मियाँलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरूले उक्त कपडा आलु लोड भएको ट्रकमा लुकाइछिपाइ ल्याएका थिए । प्रतिबोरा ५० किलोका दरले तीन सय ४५ बोरा आलुको भन्सार बिल काटिएको भए पनि ट्रकमा जम्मा  दुई सय ६४ बोरा आलु राखी सोको भित्री भागमा ७४ वटा बोरामा विभिन्न किसिमका तयारी कुर्ता, रोलसहितको सर्ट एवं पाइन्टका कपडाहरू ल्याएको पाइएको उनले जानकारी दिए ।

उल्लेखित अवैध भन्सार छली ल्याइएका लत्ताकपडाहरू, आलुका बोराहरू र ट्रकसमेत गरी जम्मा अन्दाजी मूल्य एक करोड ३५ लाखबराबरको सामग्रीहरू बरामद गरी ट्रक र ट्रकका चालक तथा सहचालकलाई थप अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरी प्रमुख रिजालले बताए ।