Skip This
संविधानको विरोध गर्ने एकजना पक्राउ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024
२o८१ असोज ३ बिहीबार १४:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधानको विरोध गर्ने एकजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार १४:२१:oo

नवलपुरको कावासोतीमा कालोपट्टी बाँधेर संविधानको विरोध गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । राजावादी पक्षधरहरूले कावासोतीको फलफूल चोकमा जम्मा भएर संविधान दिवसलाई कालो दिनको रूपमा मनाउन लाग्ने क्रममा प्रहरीले पक्राउ गरेको हो । 

कार्यक्रम सुरु हुनुपूर्व निधारमा कालापट्टी बाँधेर बसेको कावासोती– २ निवासी इन्द्र सिग्देललाई प्रहरीले पक्राउ गरेको हो । सिग्देललाई आज साँझतिर छाडिने जिल्ला प्रहरी कार्यालय नवपलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।