Skip This
१० लाखसहित पलेसालाई प्रदेश सरकारको सम्मान 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024
२o८१ असोज ३ बिहीबार १४:३४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

१० लाखसहित पलेसालाई प्रदेश सरकारको सम्मान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार १४:३४:oo

बागमती प्रदेश सरकारले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पलेसा गोवर्द्धनलाई सम्मान गरेको छ। बिहीबार बागमती प्रदेशको राजधानी हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा विशेष कार्यक्रमको आयोजना गर्दै पलेसालाई नगद १० लाखसहित सम्मान गरिएको हो ।

पलेसासँगै उनका प्रशिक्षक कविराज नेगीलाई पनि सम्मान गरिएको छ। प्रशिक्षक नेगीलाई भने नगद दुई लाख रुपैयाँसहित सम्मान गरिएको हो । यसैगरी, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशलाई पनि एक लाख नगदसहित सम्मान गरिएको छ ।

पलेसाले पेरिस पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन्। उनले तेक्वान्दोको के–४४ क्याटेगोरीको महिला ५७ केजीमुनि तौल समूहमा सर्वियाकी मरिजा मिकेभलाई १५–८ अंकले हराउँदै नेपाललाई पदक दिलाएकी थिइन् । पलेसालाई सम्मान गर्नुअघि हेटौँडा बजार परिक्रमा गराइएको थियो । 

यस्तै, प्रदेश सरकारले पलेसासँगै १९औँ एसियाली खेलकुद (एसियाड)मा कराँतेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउने एरिका श्रेष्ठलाई पनि सम्मान गरेको छ । उनलाई नगद पाँच लाखसहित सम्मान गरिएको हो। प्रदेश सरकारले उनका प्रशिक्षक कुशल श्रेष्ठ र नेपाल कराते महासंघ बागमती प्रदेशलाई पनि नगद एक–एक लाखसहित सम्मान गरेको छ ।

खेलाडी एवं प्रशिक्षकहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, खेलकुदमन्त्री मीनकृष्ण महर्जन, आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने र सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले सम्मानपत्र एवं नगद पुरस्कार हस्तान्तरण गरेका हुन् ।