Skip This
दुई महिनामा एक खर्ब ६९ अर्ब राजस्व संकलन 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २ बुधबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २ बुधबार o८:३६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुई महिनामा एक खर्ब ६९ अर्ब राजस्व संकलन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार o८:३६:oo

चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो दुई महिनामा सरकारले एक खर्ब ६९ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । 

राजस्व संकलन लक्ष्यको ११.५२ प्रतिशत भएको हो । चालू आवमा सरकारले १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । दुई महिनामा त्यसको ११.५२ प्रतिशत राजस्व उठेको तथ्यांकमा उल्लेख छ ।

समीक्षा अवधिमा करमार्फत एक खर्ब ४५ अर्ब १९ करोड रुपैयाँ, गैरकरमार्फत २१ अर्ब १९ करोड रुपैयाँ र अन्य माध्यमबाट तीन अर्ब १३ करोड रुपैयाँ राजस्व उठेको छ । समीक्षा अवधिमा सरकारको खर्च भने एक खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ देखिएको छ । यो वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ ।