Skip This
‘तेल भिसा’को दोस्रो गीत सार्वजनिक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ २८ शुक्रबार १७:१o:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘तेल भिसा’को दोस्रो गीत सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार १७:१o:oo

‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्‍या’ सार्वजनिक भएको छ। आगामी  ७ मंसिरमा प्रदर्शनको तयारीमा रहेको फिल्मको दोस्रो गीत बिहीबार युट्युबमा सार्वजनिक भएको हो। 

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, पूजा चन्द, बुद्धि तामाङ र जाहन्वी बस्नेत फिचर्ड छन्। शान्तिश्री परियार र साइराज खत्रीले स्वर भरेका छन्।

कृष्ण भारद्वाजको संगीत रहेको गीतमा राजन इशानको एरेन्ज तथा निर्विकल्पम, कृष्ण भारद्वाज, शंकर अधिकारी घायल र नवीन विकको शब्द छ।

शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्ममा अभिनेता विपिन कार्कीको दोहोरो भूमिका छ। फिल्ममा विपिनसँगै वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारको अभिनय छ।

वेलडन क्रियसनको ब्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्म अनिल पाण्डे र शिवराज कार्कीको लगानीमा बनेको हो। प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्वाजको संगीत र अजय खड्काको सम्पादन छ।