Skip This
एमाले दक्षिणपन्थी भासमा भासियो : माधव नेपाल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ २८ शुक्रबार १६:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले दक्षिणपन्थी भासमा भासियो : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार १६:o९:oo

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ दल नेकपा (एमाले) दक्षिणपन्थी भासमा भासिएको टिप्पणी गरेका छन्। शुक्रबार एकीकृत समाजवादी उदयपुरले सदरमुकाम गाईघाटमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै नेपालले एमाले दक्षिणपन्थी भासमा भासिएको आरोप लगाएका हुन्।

‘एमाले अबका दिनमा प्रगतिशील पार्टी रहेन। देश, संविधान, जनताको पक्षमा वकालत गर्ने पार्टी रहेन,’ उनले भने। सोही कारणले पार्टी पनि विभाजन भएको बताउँदै नेपालले संविधानअनुसार देशमा पहिलोपटक समाजवादी कार्यक्रम ल्याउने पार्टी एकीकृत समाजवादी रहेको दाबी गरे।

उनले भने, ‘देश, संविधानको रक्षा गर्ने, जनतालाई नरुवाउने, जनतालाई माया गर्ने, विकास र समृद्धिको पक्षमा वकालत गर्ने पार्टी एकीकृत समाजवादी हो।’ अध्यक्ष नेपालले संविधान संशोधनको प्रसंगमा भने, ‘संविधान संशोधनका लागि राजनीतिक दल, जनता, सरोकावाला पक्षबिच बृहत् छलफल भएर मात्र सम्भव हुन्छ। यहाँ नेकपा एमाले वा नेपाली कांग्रेसले मात्र चाहेर हुँदैन।’

यही अवस्थामा नेकपा एमाले संविधान संशोधनको पक्षमा गए सक्किने उनको चेतावानी छ। ‘अहिले संविधान संशोधनको विपक्षमा एमालेका कार्यकर्ता लाग्नेछन् । संविधान संशोधनको प्रतिवाद गर्नेछन्,’ उनले भने।

संविधानको मर्मअनुसार काम गर्न सरकार तयार नभएको आरोप लगाउँदै अध्यक्ष नेपालले भने, ‘अहिलेको सरकार संविधान संशोधनको मुद्दा लिएर अघि बढ्नु बेकार हो।’ उनले एकीकृत समाजवादीमा टुटफुट नहुने दाबी गर्दै विचार, मन, सिद्धान्त मिल्नेसँग एकता हुँदै जाने बताए। 

उक्त सन्देश सभामा अन्य पार्टी परित्याग गरी झन्डै पाँच सयजना एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। अध्यक्ष नेपालसहित नेता जगन्नाथ खतिवडा र बलदेव चौधरीले पार्टी प्रवेशीलाई स्वागत गरेका थिए।