Skip This
नेपालबाट छिट्टै बिजुली किन्ने बंगलादेशको चाहना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २ बुधबार
  • Thursday, 19 September, 2024
ढाकास्थित नेपाली राजदूत घनश्याम भण्डारीसँग बंगलादेशको आन्तरिक सरकार प्रमुख मोहम्मद युनुसले दुवै देशबिच पारस्परिक रूपमा लाभकारी रहेको ऊर्जा सहकार्यलाई शीघ्र सम्पन्न गर्ने कुरामा जोड दिएका छन् 
२o८१ असोज २ बुधबार o८:oo:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालबाट छिट्टै बिजुली किन्ने बंगलादेशको चाहना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार o८:oo:oo

बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले नेपालसँगको ऊर्जा सहकार्यलाई छिटो अगाडि बढाउने चाहना व्यक्त गरेका छन् ।

मंगलबार दिउँसो बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले युनुससँग भेट गरेका थिए । सो भेटमा युनुसले दुई देशबिचको पारस्परिक लाभकारी सहयोगलाई छिट्टै प्राप्त गर्नुपर्नेमा जोड दिएको दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

भेटमा नेपाल–बंगलादेशबिचको सम्बन्धलाई थप सुमधुर बनाउने र आर्थिक सम्बन्धलाई नवीकरण गर्ने विषयमा छलफल भएको थियो । राजदूत भण्डारीले वर्तमान सङ्क्रमणकालबाट माथि उठ्ने बंगलादेशको अन्तरिम सरकारको प्रयासलाई नेपालको तर्फबाट ऐक्यबद्धता रहेको जानकारी दिएका थिए ।

युनुसले नेपालको समर्थन र ऐक्यबद्धताको प्रशंसा गर्दै दुई देशबिच राजनीतिक र जनस्तरमा घनिष्ट र सौहार्दपूर्ण सम्बन्ध कायम रहेकोमा सन्तोष व्यक्त गरेको विज्ञप्तिमार्फत जनाइएको छ । राजदूत भण्डारीले भेटमा व्यापार, पारवहन र कनेक्टिभिटीका क्षेत्रमा सम्भाव्यताको खोजी गर्नुपर्ने बताएका थिए ।

बंगलादेशी राजदूत चौधरीले भने– चाँडै विद्युत् सम्झौता हुन्छ 

नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दीन नोमन चौधरीले छिट्टै विद्युत् खरिद–बिक्री सम्झौता हुने बताएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँगको भेटमा उनले नेपालबाट ४० मेगावाट विद्युत् खरिद गर्ने सम्बन्धमा चाँडै सम्झौता गरेर दुवै देशबिचको ऊर्जा सहकार्यलाई अगाडि बढाउने बताएका हुन् । नेपालको विद्युत् उत्पादन, व्यापार र प्रसारणलाइनको विकासमा बंगलादेशले सहयोग गर्ने पनि उनको भनाइ थियो ।