१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १७ सोमबार
  • Sunday, 15 September, 2024
२o८१ भदौ १७ सोमबार १६:३४:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पिपरामा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ १७ सोमबार १६:३४:oo

महोत्तरीको पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा सर्वदलीय संयन्त्रले तालाबन्दी गरेको छ। प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार मिश्रले छलफलका लागि  समय तोकेर पनि उपस्थित नभएको भन्दै सर्वदलीय संयन्त्रले तालाबन्दी गरेको हो।

पालिकामा रहेको बेथितिका सम्बन्धमा छलफल गर्ने समय निर्धारण गरेर पनि प्रमुख प्रशासकीय अधिकृत मिश्र अनुपस्थित भएपछि बाध्य भएर तालाबन्दी गरेको पिपरास्थित प्रतिपक्षी राजनीतिक दलसम्बद्ध नेताहरूले बताए।

नेकपा एमाले, नेपाली कांग्रेस, लोसपा, जनमत पार्टीलगायत अन्य दल सहभागी सर्वदलीय समितिले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको लोसपाका पिपरा गाउँपालिका कमिटी अध्यक्ष विनीत पाण्डेयले बताए।

सर्वदलीय संयन्त्रले हालै गाउँपालिकामा शिक्षा, स्वास्थ्य, कृषि, पशु स्वास्थ्यलगायतका क्षेत्रहरूमा भइरहेका काम अनुगमन गरेको थियो। अनुगमनबाट आएको गुनासो र कमीकमजोरीका विषयमा प्रमुख प्रशासकीय अधिकृतसँग छलफलका लागि समय तोकिए पनि पटकपटक समय दिएर उपस्थित नभएका पाण्डेयले बताए।