Skip This
बेँसीसहर नगरपालिकाकाे वडा नम्बर- ११ ‘बालमैत्री वडा’ घोषणा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३० आइतबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ ३० आइतबार ११:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेँसीसहर नगरपालिकाकाे वडा नम्बर- ११ ‘बालमैत्री वडा’ घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३० आइतबार ११:५८:oo

वडा नम्बर- ११ सहित हालसम्म ६ वटा वडा ‘बालमैत्री वडा’ घोषणा

६०औँ राष्ट्रिय बालदिवसको अवसर पारेर लमजुङको बेँसीसहर नगरपालिका- ११ चितीलाई बालमैत्री वडा घोषणा गरिएको छ । सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ वटा सूचक पूरा गरेसँगै बेँसीसहर नगरपालिका- ११ चितीलाई शनिबार बालमैत्री वडा घोषणा गरिएको हो।

बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले वडा नम्बर- ११ का वडाध्यक्ष शिवप्रसाद जोशीलाई बालमैत्री वडा भएको प्रमाणपत्र प्रदान गरेर वडा नम्बर- ११ बालमैत्री वडा भएको घोषणा गरेका हुन् । नगरप्रमुख अर्यालले घरदेखि विद्यालय र विद्यालयदेखि समुदायसम्म बालबालिकालाई बालमैत्री व्यवहार गर्नुपर्ने बताए। वडा नम्बर- ११ ले कुल ९६ प्रतिशत अंक प्राप्त गरी बालमैत्री वडा बनेको छ । बालमैत्री वडा घोषणा गर्न कम्तीमा ८० प्रतिशत अंक प्राप्त गर्नुपर्छ ।

कार्यक्रममा बालमैत्री घोषण गर्दा पूरा गर्नुपर्ने ५१ वटा सूचकको अवस्थाबारे नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेलले जानकारी गराएका थिए  । ५१ वटा सूचकमा दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराइएको हुनुपर्ने, पाँच वर्षमुनिका सबै बालबालिकाको जन्मदर्ता भएको हुनुपर्ने, स्थानीय तह बालविवाह मुक्त भएको हुनुपर्ने, सडक बालबालिकाको संख्या शून्य भएको हुनुपर्ने, पाँचदेखि १४ वर्ष उमेर समूहका शतप्रतिशत बालबालिकाले आधारभूत शिक्षा पूरा गरेको हुनुपर्नेलगायतका बालबालिकाको अधिकारसँग सम्बन्धित विषय रहेका छन् ।

बेँसीसहर नगरपालिकालाई ०८२ सालभित्र बालमैत्री स्थानीय शासन बालमैत्री नगरपालिका घोषणा गर्ने प्रतिबद्धता गरिएकोमा वडा नम्बर- ११ सहित हालसम्म ६ वटा वडालाई बालमैत्री वडा घोषणा गरिसकिएको छ ।