Skip This
उपाध्यक्ष केसी बोधगया नालन्दा सम्मेलनमा सहभागी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २ बुधबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २ बुधबार २१:२३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

उपाध्यक्ष केसी बोधगया नालन्दा सम्मेलनमा सहभागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार २१:२३:oo

नेपाल—भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनील केसीले बोधगया नालन्दा सम्मेलनमा सहभागिता जनाएका छन्। नालन्दा विश्वविद्यालय र सिनेर्जिया फाउन्डेसनको आयोजनामा भएको सम्मेलनले ‘बिमस्टेक प्लस’ को अवधारणा अघि सार्दै विश्वव्यापी समस्याहरूको समाधान गर्न आर्थिक सहकार्य र साझेदारीमा जोड दिएको छ। 

भारतको बोधगयामा १२ देखि १४ सेप्टेम्बरमा सम्मेलन आयोजना भएको थियो। सम्मेलनमा उपाध्यक्ष केसी विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। ‘बिमस्टेक प्लस’ साझा सांस्कृतिक मूल्यहरू र भविष्य शीर्षकमा उनले सम्बोधनसमेत गरेका थिए। 

उपाध्यक्ष केसीले बिमस्टेक राष्ट्रहरूबिच सांस्कृतिक र आर्थिक एकताका महत्वलाई जोड दिँदै बिमस्टेक दक्षिण र दक्षिणपूर्वी एसियाको देशहरूलाई साझा ऐतिहासिक मूल्यहरू र आर्थिक सम्बन्धद्वारा जोड्ने सेतु भएको विचार व्यक्त गरेका थिए।

एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआइडिआइए) का संस्थापकसमेत रहेका केसीले क्षेत्रीय पर्यटन, शिक्षा, र सिर्जनात्मक उद्योगहरूमा सहकार्यलाई प्रोत्साहन गर्नुपर्ने बताए। साझा सांस्कृतिक सम्पदाहरूलाई आर्थिक विकाससँग जोड्ने र सहयोगको माध्यम बनाउनुपर्ने तथा क्षेत्रीय पर्यटन प्रवर्धन गर्दै स्थानीय अर्थतन्त्रलाई प्रबल र अझ सुदृढ गर्नुपर्ने उनको भनाइ थियो।

‘दिगो विकासका लागि समावेशी आर्थिक रणनीतिहरूको आवश्यकता छ। महिला, युवा, र सीमान्तकृत समूहमा परेका समुदायहरूलाई माथि उठाउनका लागि दीर्घकालीन रणनीति आवश्यक छ,’ केसीको भनाइ थियो। उनले  पूर्वाधार विकास, डिजिटल अर्थतन्त्रको विस्तार र जलवायुसम्बन्धी कार्यदिशाहरू क्षेत्रीय विकासका लागि प्रमुख प्राथमिकताका क्षेत्र हुने धारणा पनि व्यक्त गरेका थिए।