Skip This
असोज २ गते  राष्ट्रिय शिक्षा दिवस मनाइँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १ मंगलबार १o:३८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

असोज २ गते  राष्ट्रिय शिक्षा दिवस मनाइँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार १o:३८:oo

सरकारले असोज २ गते राष्ट्रिय शिक्षा  दिवस विविध कार्यक्रम आयोजना गरेर मनाउने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतका अनुसार ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ साताभरि देशैभर सो दिवस मनाउन  लागिएको हो।

शिक्षा  दिवसको मूल समारोह राष्ट्रिय प्राकृतिक संरक्षण कोषको सभाहलमा प्रधानमन्त्री केपी ओलीको प्रमुख उपस्थितिमा सैनिक जनसम्पर्क निर्देशनालय, भद्रकाली काठमाडौंको अडिटोरियम हलमा आयोजना हुने शिक्षा मन्त्रालय स्रोतले जनाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको  अध्यक्षतामा राष्ट्रिय शिक्षा दिवस मूल समारोह समितिसहित विभिन्न उपसमिति गठन भएका छन् ।  

राष्ट्रिय शिक्षा दिवस, २०८१ को अवसरमा उत्कृष्ट सार्वजनिक (सामुदायिक) तथा निजी लगानीका विद्यालय, प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतका प्राविधिक शिक्षालय, विश्वविद्यालयका उत्कृष्ट क्याम्पस र सामाजिक संघसंस्थालाई राष्ट्रिय स्तरमा पुरस्कृत गरिने कार्यक्रम रहेको छ।

उत्कृष्ट विद्यालयतर्फ राष्ट्रिय शिक्षा पुरस्कारतर्फ २०८० सालको कक्षा १२ को नतिजा मूल्यांकनका आधारमा सार्वजनिक र निजी लगानीका विद्यालयतर्फ राष्ट्रिय स्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई राष्ट्रिय सिल्ड, ध्वजा, क्रमशः रु. तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार र प्रमाणपत्रसहित विद्यालयतर्फको राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिने मन्त्रालयले जनाएको छ।

प्राविधिक शिक्षालयतर्फ प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्‌बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषद्‌ले गरेको मूल्यांकन तथा सिफारिसको आधारमा विभिन्न चारवटा प्राविधिक शिक्षालयहरूलाई राष्ट्रिय ध्वजा र एक लाख रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ । 

त्यस्तै, उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कारतर्फ विश्वविद्यालयअन्तर्गत आंगिक, सम्बन्धन प्राप्त सामुदायिक र सम्बन्धन प्राप्त निजी क्याम्पस गरी तीनवटा क्याम्पसलाई रु. दुई लाख पचास हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ। 
उच्च शिक्षातर्फ नेपाल विद्याभूषण क २६४ जना, नेपाल विद्याभूषण ख ३५ जना, नेपाल विद्याभूषण ग २१ जना, नेपाल छात्रा विद्यापदक क १५ जनालाई प्रदान गरिनेछ । 

समाज कल्याण शिक्षा पुरस्कारतर्फ सडक बालबालिका, एचआइभी/एड्स संक्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालबालिकालाई पालनपोषणसहित शिक्षा प्रदान गरी उल्लेखनीय योगदान पुर्‍याएका संस्थाहरूमध्ये स्वीकृत मापदण्डको आधारमा छनाेट भएका दुईवटा संस्थालाई नगद पुरस्कार रु. दुई–दुई लाखसहित प्रशंसापत्र प्रदान गरिनेछ।

विद्यालयतर्फ सामुदायिक विद्यालयका शिक्षकमध्येबाट ७७ जिल्लाका ७४ जना निजी लगानीका शिक्षक, कर्मचारी र संस्थापकमध्येबाट ३२ जना, विव्यस पदाधिकारी विद्यालय कर्मचारी र बालविकास शिक्षक मध्येबाट ३५ जना, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत प्राविधिक शिक्षालयका प्रशिक्षक र कर्मचारीमध्येबाट पाँचजना, विश्वविद्यालय अनुदान आयोगको सिफारिसबमोजिम विश्वविद्यालयतर्फका शिक्षक कर्मचारीमध्येबाट २५ जनालाई सम्मान गर्ने कार्यक्रम तय भएको छ।