मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ७ आइतबार १o:२८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

शिवशंकरको आइपिओ बिक्री प्रबन्धक लक्ष्मी सन्राइज क्यापिटल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ७ आइतबार १o:२८:oo

शिवशंकर हाइड्रो इन्भेस्टमेन्टले आइपिओ निष्कासन गर्ने भएको छ । यस कम्पनीले २५ करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका २५ लाख कित्ता आइपिओ निष्कासन गर्न लागेको हो । आइपिओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब पाँच करोड पुग्नेछ ।

कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटललाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतामा शिवशंकर हाइड्रोका अध्यक्ष खगेश्वर बोहरा र लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

शिवशंकर हाइड्रो इन्भेस्टमेन्ट कम्पनी, शिवशंकर इन्भेस्टमेन्ट प्रालि र जय गणेश इन्भेस्टमेन्ट एक–आपसमा गाभिएर बनेको कम्पनी हो । यसले जलविद्युत्, पूर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रमा आफ्नो लगानीको दायरा केन्द्रित गरेको छ । 

हाल कम्पनीले सानिगाड हाइड्रो लिमिटेड (३८.४६ मेगावाट), कलंगा हाइड्रो लिमिटेड (१५.३३ मेगावाट), बुङ्गल हाइड्रो लिमिटेड (१०.७ मेगावाट) र भिजन इनर्जी एन्ड पावर लिमिटेड (५७.५ मेगावाट) नामक जलविद्युत् कम्पनीमा लगानी गरेको छ ।