मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ७ आइतबार १४:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनकपुर बोल्ट्सका समर्थकमाथि आक्रमण र अपमान गर्नेमाथि कारबाहीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ७ आइतबार १४:५२:oo

नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सका समर्थकहरूमाथि भएको आक्रमण तथा अपमानजनक रूपमा नश्लीय र रंगभेदी शब्द प्रयोग गर्नेहरूमाथि कारबाहीको माग भएको छ।

मधेशी आयोग र जनमत पार्टीलगायतले विज्ञप्ति जारी गर्दै अराजक गतिविधिमा संलग्नहरूलाई पहिचान गरी कानुनी कारबाही अघि बढाउन माग गरेका हुन्।

‘जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिच भएको अन्तिम खेलपश्चात् एक अराजक तथा उद्दण्ड समूहका दर्जनौँ व्यक्तिहरूले जनकपुर बोल्ट्सका समर्थकहरूलाई रडसहित अन्य हातहतियारको प्रयोग गरी गम्भीर घाइते बनाएको, सामाजिक सञ्जालमार्फत नश्लीय तथा रंगभेदी शब्दहरूको प्रयोग गरी अपमानित गरेको घटना सम्बन्धमा यस आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ मधेशी आयोगले विज्ञप्तिमार्फत भनेको छ।

यसैगरी, जनमत पार्टीले पनि जनकपुर बोल्ट्सका समर्थक मधेशी समुदायका मानिसहरूमाथि भएको आक्रमणप्रति ध्यानाकर्षण भएको जनाउँदै कारबाहीको माग गरेको छ।