ललितपुर महानगरपालिकामा छैटौँ मेयर कप अन्तर वडास्तरीय टेबल टेनिस प्रतियोगिता आयोजना हुने भएको छ। महानगरपालिका–९ वडाको आयोजनामा १० देखि १५ पुससम्म उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो।
टेबल टेनिस मूल समारोह समितिले आइतबार पत्रकार सम्मेलन गर्दै सो प्रतियोगिताबारे जानकारी दिएको हो। महानगरका २९ वडामध्ये २३ वटा वडाबाट ६३७ जना खेलाडी प्रतियोगितामा भाग लिँदै छन्। उनीहरूबिच १६ वटा विधामा प्रतिस्पर्धा हुने महानगरपालिका–९ का वडाध्यक्ष राजु महर्जनले जानकारी दिए।
उनका अनुसार प्रतियोगिताको सबै विधामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। आयोजकले खेलको सबै व्यवस्थापनको लागि २१ लाख ८३ हजार रुपैयाँ छुट्याएको छ।